एमाले धादिङ क्षेत्र नम्बर १ मा कृष्णवहादुर दहाल

506 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङबेसी(धादिङन्युज)– अधिबेशन उदघाटनका लागि आएका प्रमुख अतिथी तथा अन्य अतिथि चढ्नका लागि सम्मेलन स्थलमा तीनवटा हेलिकप्टर उतारे पछि राष्ट्रिय स्तरमा निकै चर्चा कमाएको नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ को दोश्रो अधिबेशनले अध्यक्षमा कृष्णवहादुर दहाल चयन हुनुभएको छ ।
गएको चैत १ गते शुरु भई २ गते सम्पन्न भएको वन्द सत्र र बैशाख ४ गते सम्पन्न निर्वाचनवाट दहाल अध्यक्ष पदमा चयन हुनुभएको हो । अधिबेशनले उपाध्यक्षमा बेगवहादुर तामाङ,सचिवमा नेत्रप्रसाद नेपाल र उप सचिवमा कमलनारायण श्रेष्ठलाई चयन गरेको छ । अधिबेशनले दहालको अध्यक्षतामा ४५ सदस्यिय क्षेत्रीय कमिटीको चयन गरेको हो ।
चैत १ गते सल्यानकोट गाविसको रिङनेमा भएको क्षेत्रीय अधिबेशनको उदघाटन कार्यक्रममा सहभागी हुन प्रमुख अतिथि वामदेव गौतम र अन्य नेता तथा कार्यकर्ता चढाउन तीनवटा हेलिकप्टर प्रयोग भएपछि अधिबेशनको उदघाटन निकै चर्चामा आएको थियो । आन्तरिक तयारीका लागि वन्द सत्रले नेकपा एमाले क्षेत्र नम्बर १ का राष्ट्रिय प्रतिनिधि परिषद डाक्टर रामकुमार अधिकारीको अध्यक्षतामा गठन गरेको निर्वाचन समितिले सर्वसम्मतवाट नेत्तृत्वको चयन गरेको हो । निर्वाचन समितिमा एमाले धादिङका जिल्ला कमिटी सदस्य उमेश थापा,रामहरी अधिकारी लगायत रहेका थिए ।