एमाओवादी नीलकण्ठको अध्यक्षमा रामचन्द्र

633 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,६ बैशाख ः जिल्ला सम्मेलनको तयारीमा जुटेको एकीकृत नेकपा माओवादीले शुक्रवार सदरमुकाम धादिङबेसीमा नीलकण्ठ गाउं पार्टी कमिटीको दोश्रो अधिबेशन सम्पन्न गरेको छ । सदरमुकाम स्थित नीलकण्ठ गाविसको दोश्रो गाउं अधिबेशनले रामचन्द्र सामरीको अध्यक्षतामा १९ सदस्यिय गाउं कमिटीको र १२ सदस्यिय सम्मेलन प्रतिनिधिको चयन गरेको छ । गाउं कमिटीका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष तेजवहादुर भण्डारी,सचिव अशोक बस्नेत र सह सचिवमा राजेश प्रजापति रहेका छन ।
यसैगरी जिल्ला सम्मेलन प्रतिनिधिमा तेजवहादुर भण्डारी,चक्रवहादुर भण्डारी,ध्रुववहादुर थापा,रामचन्द्र सामरी,मायानाथ नेपाल,सोमनाथ नेपाल,अशोक वस्नेत,रुद्रवहादुर खत्री,विश्वराज अधिकारी,राजेश प्रजापती,हरिवहादुर श्रेष्ठ र नारायणकुमार श्रेष्ठ चयन भएको एकीकृत नेकपा माओवादी धादिङले जनाएको छ ।