वेलायतको साहित्य समाजद्धारा यस बर्षको पुरस्कार तथा सम्मान घोषणा

567 पटक पढिएको

सम्पादक: Dhadingnews.com

वेलायत- वेलायतको जेठो साहित्यिक संस्था मध्येको एक प्रवासी नेपाली साहित्य समाजले यस बर्षको पुरस्कार तथा सम्मान विजेताको नाम घोषणा गरेको छ ।
Pravasi2 Pravasi4यस बर्षको प्रवासी पुरस्कारको लागि संगीतकार तथा गीतकार राजकुमार बगर समाजको आन्तरिक निर्वाचन प्रकृयाबाट छनौट हुनुभएको छ भने सम्मानको लागि विएफविएस गोर्खा रेडियोका पूर्व प्रस्तोता के.बी. राई छनौटमा पर्नुभएको छ । पुरस्कृत स्रष्टाले नगद रु ३५ हजार सहित ताम्रपत्र प्राप्त गर्नुहुनेछ भने सम्मानित ब्यक्तित्वलाई ताम्रपत्रबाट सम्मान गरिनेछ । त्यस्तैगरि यस बर्ष भारतीय सेनामा रहेर साहित्यमा सक्रिय रहनु भएका साहित्यकार सुरेन्द्र पर्देर्शीलाई प्रसंसापत्र प्रदान गर्ने निर्णय भयो ।
साहित्य समाजबाट प्रत्येक बर्ष देशविदेशका स्रष्टाहरु मध्ये उत्कृष्ट एकलाई पुरस्कार र सामाजिक तथा विविध कार्यमा महत्वपूर्ण योगदान पुरयाउनु हुने विशिष्ट ब्यक्तित्वहरु मध्ये उत्कृट १ लाई सम्मान प्रदान गर्दै आएको छ । यस समाजले शुसनवाला राई २०६२, शशि लुमुम्बु ०६३, रमेश पौडेल ०६४, कृष्ण धरावासी ०६६, गणेश रसिक ०६७ र तुलसी घिमिरे ०६९ लाई प्रदान गरिसकेको छ भने मेजर किसोर गुरुङ ०६२, नोर्देन तेन्जिङ भुटिया ०६३, रक्ष राई ०६४, तुलबहादुर पुन भि.सी. ०६४, गोरे गुरुङ ०६५, डि.बी. वम्जन ०६७ र रामबहादुर लिम्बु भि.सी. ०६९ लाई सम्मान गरिसकेको छ ।
यस बर्षको पुरस्कार तथा सम्मान यहि बैशाक दोस्रो हप्ता काठमाडौमा एक समारोहको आयोजना गरि वितरण गरिने कुरा समाजका अध्यक्ष जितेन्द्र चेम्जोङले जनाउनु भएको छ ।
सन् २००१ मा युकेमा स्थापित समाज युके र ब्रुनाईमा क्रियाशिल हुदै आएको छ । कला, साहित्य तथा विभिन्न कल्याणकारी कार्यमा सक्रिय यस समाजले युएईमा मृत्यू दण्डको फैसला सुनाईएका अनिस खालिङको जीबन रक्षार्थ केही दिन अघि मात्र खालिङ बचाउ अभियान समितिलाई ९ लाख रुपैया प्रदान गरेको थियो ।