दुबईमा सुतेकै ठाउँमा नेपालीको मृत्यु

493 पटक पढिएको

सम्पादक: Dhadingnews.com

दुबई , वैशाख ७ – संयुक्त अरब इमिरेट्स युएईको दुबईमा एक नेपालीको सुतेकै ठाउँमा ज्यान गएको छ ।

रोजगारीका लागि दुई बर्षअघि दुबई आएका धादिङ सल्यानकोट २ का अशोक रानामगरको हृदयघातका कारण गएको बिहीबार ज्यान गएको हो ।

शब पोष्टमार्टमपछि मृत्युको कारण ह्रदयघात भएको खुलेको धादिङ समाज युएईले जनाएको छ । उहाँ दुबईको गल्फ एन साफारे कम्पनीमा कार्यालय सहयोगीको रुपमा कार्यरत हुनुहुन्थ्यो । बुधवार राती काम सकेर सुतेका रानामगरको सुतेकै बेला ज्यान गएको हो ।

हाल मृतकको शब दुबईको अल रसिद अस्पतालमा राखिएको छ । कानुनी प्रक्रिया पुरा गरी शब यसै हप्ता नेपाल पठाउन तयारी गरिएको धादिङ समाज यूएईका अध्यक्ष भीम अधिकारिले जानकारी दिनुभयो उज्यालो अनलाईनले खबर लेखेको छ ।