चेपाङ पढ्ने विद्यालयमा कम्प्युटर कक्षा

817 पटक पढिएको

सम्पादक: Dhadingnews.com

computer-pcगजुरी (धादिङ)। सामुदायिक विद्यालयमा कम्प्युटर वितरण गरी कम्प्युटर कक्षा सञ्चालनमा ल्याइएपछि विद्यार्थी उत्साहित भएका छन् ।

यसबाट विद्यार्थीले कक्षा छाड्ने क्रम कम भएको छ ।  अभिभावकसंँग घरायसी काममा नै बस्न रुचाउने विद्यार्थी कम्प्युटर चलाउनकै लागि भने पनि समयमै विद्यालय पुग्ने गरेका छन् ।

ग्रामीण क्षेत्रका विद्यालयमा विद्यालय छाड्ने समस्या समेत समाधान हुन थालेको छ । दुर्गमका विद्यार्थी कम्प्युटर शिक्षा लिन पाउँदा उत्साहित भएको वागेश्वरी उच्चमावि बैरेनीका प्रधानाध्यापक ध्रुवराज खतिवडाले बताउनुभयो ।

विद्यालय तहमा अनिवार्य कम्प्युटर शिक्षा दिने घोषणासँगै कम्प्युटर शिक्षा लागु गरिएका  विभिन्न दुर्गम गाविसका विद्यालयमा प्रयोगात्मक अभ्यासका लागि जिल्ला शिक्षा कार्यालय र गैरसरकारी सङ्घसंस्थाले सहयोग गरिरहेका छन् ।

कम्प्युटर जडान गरिएका विद्यालयमा दक्ष शिक्षकको समेत व्यवस्था गर्न सके सरकारले सबै सामुदायिक विद्यालयमा कम्प्युटरको पहँच पुर्याउने लक्ष्य र कार्यक्रम प्रभावकारी हुने नेपाल शिक्षक युनियनका अध्यक्ष देवप्रसाद त्रिपाठीको भनाइ छ राससले खबर लेखेको छ ।