भुमेस्थान र गोगनपानी अव साक्षर गा.वि.स

719 पटक पढिएको

सम्पादक: Dhadingnews.com

रामचन्द्र रुपाखेती
सिम्ले –धादिङ जिल्लाको भुमेस्थान र गोगनपानी गाविस लाई बैशाख ७ गते भुमेस्थान गाविस को कार्यालय सिम्लेमा एक कार्यक्रम विच निरक्षर मुक्त भएको साक्षर गाविस घोषणा गारिएको छ ।
नेपाल सरकार अनौपचारिक शिक्षा सेवा केन्द्र काठमाण्डौ को साक्षर नेपाल कार्यक्रम अन्तर्गत २०७० पौष २५ गते बाट सञ्चालन गरिएको साक्षरता अभियान कार्यक्रमको सफलता संगै विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, श्री महाकाली श्रोत केन्द्र भित्रका सवै विद्यालयका प्र.अ, साक्षरता कक्षा सञ्चालन गर्ने संघ संस्थाका प्रतिनिधि लगाएतको उपस्थितिमा भूमेस्थान गाविसका सचिव श्री सुरेन कुमार श्रेष्ठले दुवै गाविस निरक्षर मुक्त भएको र साक्षर गाविस भएको घोषणा गर्नुभएको थियो ।
घरधुरी सर्वेक्षण २०६७ को आधारमा गोगनपानी गाविसका १३०१ जना निरक्षरको लागी चन्द्रज्याति एकिकृत ग्रामिण विकास समाज, सिड्स धादिङ ले ४६ वटा कक्षा मार्फत र भूमेस्थान गविस मा १८४५ जना निरक्षरको लागि ६६ वटा केन्द्र प्रयास नेपालद्धारा सञ्चालन गरिएको थियो जसमा गोगनपानी मा सत् प्रतिशत र भुमेस्थानमा १५१७ जना निरक्षरहरु साक्षर बनेका थिए । गाविस का ९५ प्रतिशत भन्दा वढि साक्षर भएको अवस्थामा साक्षर गाविस घोषणा गरिएको हो । कक्षालाई थप प्रभावकारी बनाउन भुमेस्थानमा श्री महाकाली उमावि र गोगनपानीमा सामुदायिक अध्ययन केन्द्रलाई अनुगमनको जिम्वेवारी दिइएको थियो ।
कार्यक्रममा सिड्सका उपाध्यक्ष रामचन्द्र रुपाखेती, श्री महाकाली श्रोत केन्द्रका अध्यक्ष कृण्ण प्रसाद अर्याल, नेकपा एमालेका नविन रिजाल लगाएतले कार्यक्रमको बारेमा बोल्नुभएको थियो ।