एमाओवादी धादिङको सम्मेलन शुरु

606 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,१२ बैशाख – एकीकृत नेकपा माओवादी धादिङको तेश्रो जिल्ला सम्मेलन शुक्रवार देखि धादिङबेसीमा शुरु भएको छ । एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलन आयोजक समितिका सचिव एवम पार्टीका पुर्व महासचिव पोष्टवहादुर वोगटीले शुक्रवार धादिङबेसीमा सम्मेलनको उदघाटन गरेका थिए । तीन दिन सम्म चल्ने जिल्ला सम्मेलनको ३८ सदस्यिय जिल्ला कमिटीको चयन गर्ने बताईएको छ ।
SAM_1511जिल्ला विकास समिति धादिङको सभाकक्षमा शुरु भएको सम्मेलन उदघाटन समारोह एकीकृत नेकपा माओवादी धादिङका संयोजक एवम राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य पुष्पविक्रम मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो । सम्मेलन उदघाटन समारोहमा एकीकृत नेकपा माओवादीका केन्द्रिय सल्लाहकार प्रतिनिधि परिषदका सदस्य वेदनिधि अधिकारी, राष्ट्रिय सम्मेलन आयोजक सदस्य कृष्ण अधिकारीका साथै जिल्ला पार्टी संस्थापकहरुको आतिथ्य रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी वोगटीले सम्वोधन गर्नुअघि नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली,पुर्व अध्यक्ष सीताराम वर्माले शुभकामना मन्तव्य राख्नु भएको थियो ।