एच.आई.भी एड्स तथा यौन रोग न्यूनिकरणका लागि उपभोक्ता समुहलाई अभिमुखिकरण

925 पटक पढिएको

सम्पादक: Dhadingnews.com

नीलकण्ठ ,१३ बैशाख ( धादिङन्युज) – निलकण्ठ गाविसको वडा नम्बर ९ सिउडीबारमा स्थानीय बन उपभोक्ता समूहको लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
नागार्जुन डेभलपमेन्ट कम्युनिटि धादिङद्धारा संचालनमा रहेको प्रवासी र तिनका परिवारको लागि एच.आई.भी एड्स तथा यौन रोग न्यूनिकरणका लागि सचेतना कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा एच.आइ.भी र एड्स भनेको के हो? सर्ने र नसर्ने माध्यमहरु समुदायले यसप्रति राखेको नकारात्म धारणाको साथै यौन रोग के हो? महिला र पुरुषमा यसका लक्षणहरु कस्ता रहन्छन् भन्ने विषयमा एन.डि.सी.धादिङका लेखा अधिकृत नकुल सेढाइ सामुदायिक कार्यकर्ता एशोदा नेपालले सहभागीहरुलाई विषयवस्तुका बारेमा जानकारी गराउनुभएको थियो । वन उपभोक्ता समुहका सदस्यहरु मार्फत समुदायमा जनचेतना जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको वताईएको छ ।