मापसे गरेका प्रहरीका कारण गणेशमार्गमा तनाव

682 पटक पढिएको

सम्पादक: Dhadingnews.com

गणेशमार्ग ( धादिङबेसी) १३ बैशाख –सत्यम सेवा सुरक्षण भन्ने मुलमन्त्र वोकेका प्रहरी आंफै रातको वेला  मदिरा सेवन गर्दै वजारमा होहल्ला गर्न थालेपछि धादिङबेसी पुछारवजार गणेशमार्गका वासिन्दा आक्रोशित भएका छन ।
madiraबिक्रीका लागि बोईलर कुखुरा लोड गरेर काठमाण्डौं जाने तयारीमा लागेका मण्डली कोल्ड स्टोरका संचालक नारायण श्रेष्ठलाई बा ४६ प ५६७३ नम्वरको मोटरसाईकलमा सवार सादा पोशाकका प्रहरीले अवरोध गरेपछि स्थानीयवासी आक्रोशित बन्न पुगेका हुन । आंफु जिल्ला प्रहरी कार्यालयको घुमुवा वताउने ति सादा पोशाकका प्रहरीलाई जिल्ला प्रहरी कार्यालयवाट प्रहरी टोली वोलाएर प्रहरीको जिम्मा लगाईएको छ भने मोटरसाईकल पनि सुरक्षित ढंगवाट प्रहरीको जिम्मा लगाईएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक वासुदेव थापाले मापसे गरेका प्रहरीलाई नियमअनुसार कारवाही गरिने धादिङन्युजलाई वताउनु भएको छ । बर्षौदेखि व्यवसायिक रुपमा कुखुरा पालन गर्दै आईरहेका श्रेष्ठले आंफुले सर्व प्रकृया गरेर कुखुरा पालन तथा बेचविखन गरेको वताउंदा समेत सादा पोशाकका प्रहरीले कुखुरा जिपमा राख्न रोकेको स्थानीयवासीले वताएका छन । वेलुकी ९ वजे देखि शुरु भएको प्रहरी अवरोध स्थानीयवासीको शशक्त विरोध पछि राती सांढे दश वजे मात्र खुलेको थियो ।