आफ्नै बारेमा पढदै पढाउंदै किशोर किशोरी

577 पटक पढिएको

सम्पादक: Dhadingnews.com

– केशव अधिकारी

धादिङ–केहि बर्ष अघि सम्म कक्षा कोठामा स्वास्थ्य बिषयको पढाई हुंदा यौन तथा शारीरिक विकासक्रमको पाठ पढाई हुने समयमा कक्षा कोठा वाट बाहिरिने बिद्यार्थीहरु अहिले आंफै यहि बिषयमा साथीहरुका बिच खुलेर छलफल गर्न थालेका छन ।
download (3)हिजो आज बिद्यार्थीहरु यौन तथा शारीरिक बिकासक्रमका वारेमा पढाई हुंदा कक्षा कोठा बाट बाहिरिने होइन उनिहरु आंफै यस बिषयमा खुलेर कुराकानी गर्नुका साथै आफ्नो उमेर समुहका साथीहरुसंग मिलेर अरुलाई समेत किशोर अवस्थामा देखिने परिवर्तनहरुका वारेमा पढ्दै र पढाउंदै गर्न थालेका हुन ।
किशोर अवस्थाको बेलामा केटा केटीहरुमा हुने प्रमुख शारीरिक परिवर्तनका वारेमा जानकारी आदान प्रदान गरि उनिहरुमा आउन सक्ने समस्याको समाधान गर्न धादिङ जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाको २० वटा बिद्यालयमा परिक्षणका रुपमा साथी शिक्षा कार्यक्रम सञ्चालनमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय स्वास्थ्य चौकीसंग समन्वय गरि सञ्चालनमा ल्याईएको साथी शिक्षा कार्यक्रममा साथी शिक्षककोे भूमिका बिद्यार्थीहरु स्वयंले निर्वाह गर्ने गरेका छन ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले जिल्लाको नौविसे,थांक्रे ,जिवनपुर, मैदी , सुनौलावजार, वेनिघाट,गजुरी,सल्यानटार,बुढाथुम र गजुरी गाविसवाट शुरु गरेको कार्यक्रम यो बर्ष मार्पाक,त्रिपुरेश्वर,नीलकण्ठ,नलाङ र महादेवस्थान गाविसमा विस्तार गरी २० वटा माध्यमिक बिद्यालयमा संचालन गरिरहेको जिल्ला स्वास्थ्य कार्यालयका जनसंख्या कार्यक्रम प्रमुख समेत रहेका परिवार नियोजन सुपरभाईजर अधिकृत मछिन्द्रनाथ न्यौपानेले वताउनुभयो ।
कार्यक्रम लागू भएका गाविसको स्वास्थ्य चौकीमा किशोर किशोरी सूचना केन्द्र स्थापना गरि सोही केन्द्र मार्फत नजिकैको माध्यमिक बिद्यालयमा साथी शिक्षा कार्यक्रम शुरु गरिएको न्यौपाने बताउनुहुन्छ । बिश्वका विकसित देशहरुमा किशोर किशोरीलाई लक्षित गरेर बिद्यालय तहदेखिनै यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धि शिक्षा लागु गर्ने गरिए पनि हाम्रो देशमा अझैपनि यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धि आधारभुत बिषयलाई पाठ्यक्रममा राख्न नसकिएको अवस्थामा किशोर किशोरीहरु स्वयं आफ्नो वारेमा खुलेर सकारात्मक छलफल गर्नु निकै राम्रो सवाल भएको न्यौपानेको भनाई छ । ‘शारीरिक स्वरुप भनेकोे कुनै पनि व्यक्तिको आफ्नै शरीर र त्यसको बनावटप्रतिको धारणा वा भावनाहरु नै हो । शारीरिक स्वरुपप्रति सकारात्मक हुनु स्वस्थ विकासको लागि जरुरी छ । आफ्नै शरीरप्रति नकारात्मक धारणा भएमा आत्मसम्मान र आत्मविश्वासमा कमी हुनुका साथै तथा हीनताबोध समेत हुने भएकाले किशोर किशोरीलाई यसवाट जोगाउन पनि बिद्यालय तहको साथी शिक्षक कार्यक्रम निकै प्रभावकारी देखिएको’–बरिष्ठ जनस्वास्थ्य प्रशासक मोहम्मद दाउद बताउनुहुन्छ । परिक्षणका रुपमा शुरु गरिएको साथी शिक्षा कार्यक्रम सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालयले छनौटमा परेको बिद्यालयका स्वास्थ्य बिषयका शिक्षक , बिद्यालयमा गठन गरिने किशोर किशोरी समुहका दुई जना बिदार्थी र नजिकैको स्वास्थ्य संस्थाका एक जना स्वास्थ्यकर्मिलाई आधारभूत तालिम दिएर श्रोत व्यक्तिको रपमा तयार गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
किशोरावस्था भनेको कुनै व्यक्ति बाल्यकालबाट वयष्क हुने परिवर्तनशील अवस्था भएकोले यस बेलामा किशोर तथा किशोरीहरुको प्रजनन, मानसिक, बौद्धिक आर्थिक तथा अन्य क्षेत्रमा विकास हुंदै उनिहरुमा परिपक्वता देखिने भएकाले बिद्यालयतहमा यस वारेमा जानकारी दिंदा बढि प्रभावकारी हुने देखेर परिक्षणका रुपमा १० विद्यालयमा संचालन गरिएको साथी शिक्षा कार्यक्रम बिद्यालयको मागका आधारमा थप १० बिद्यालयमा विस्तार गरिएको परिवार नियोजन सुपरभाईजर अधिकृत न्यौपानेले बताउनुभयो । किशोर किशोरी भन्नाले सामान्यतया १० वर्ष उमेरदेखि १९ वर्ष सम्मको उमेर समूह पर्ने र यतिवेला उनिहरुमा यौनसम्बन्धी परिवर्तन एकदमै छिटो छिटो हुने भएकाले पनि किशोर किशोरीलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्नुपरेको जनस्वास्थ्य प्रशासक दाउद बताउनुहुन्छ । किशोर किशोरीको यौनिकतासम्बन्धी अधिकार स्थापित गर्न कार्यक्रमले टेवा पु¥याएको दाउदको भनाई छ । किशोरकिशोरीमा उमेरअनुसार हुने शारीरिक एवम्् मानसिक परिवर्तन सुरुमा हुने महिनावारी, स्तनको आकार बढ्ने, स्तनको समस्या, तल्लो पेट दुख्ने, महिनावारी नियमित नहुने, यौन जिज्ञासा, गर्भधारण गर्ने उमेर यौनका बारेमा हुने गलत धारणाको निराकरण, परिवार नियोजनका साधनको प्रयोग जस्ता यौन तथा प्रजननसम्बन्धी आधारभूत जानकारी समुदायमा लैजानका लागि यस्ता खाले कार्यक्रम सवै माध्यमिक विद्यालयमा विस्तार हुनुपर्ने शिक्षकहरुको भनाई छ ।