धादिङ–धादिङबाट सरुवा भएर सिन्धुली जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेललाई बुधवार जिल्ला प्रशासन कार्यालय धादिङका कर्मचारीले सामुहिक रुपमा विदाई गरेका छन ।
जिल्ला प्रशासन कार्यालयमा आयोजित विदाई कार्यक्रममा कर्मचारीहरुले प्रजिअ पोखरेललाई अविर र माला लगाईदिनुका साथै फुल र उपहार दिएर विदाई गरेका थिए । २०७० असार १९ गते देखि धादिङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नु भएका पोखरेल सिन्धुलीको प्रमुख जिल्ला अधिकारीमा सरुवा हुनुभएपछि धादिङका सरकारी कर्मचारीहरुको संस्था कर्मचारी मिलन केन्द्रले मंगलवार एक कार्यक्रमका बिच विदाई गरेको थियो । विदाई कार्यक्रममा वोल्दै प्रजिअ पोखरेलले कर्मचारीलाई निडर भएर कानूनले तोकेको जिम्मेवारी वहन गर्न र जनताका पिरमर्कालाई सुनुवाई गर्न आग्रह गर्नुभएको थियो । पोखरेल बुधवारनै काठमाण्डौ लाग्नुभएको छ भने सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेललाई निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिईएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अर्का सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल पनि बढुवा भएर केही दिन अघि जिल्लावाट विदाई भएर जानु भएको थियो ।