शिक्षा/स्वास्थ्य

संझनामा रहेको शिक्षक तालिम

By Dhadingnews.com

May 08, 2014

डिल्लीराज ज्ञवाली

तालिम भनेको दिगो रुपमा सिक्नु वा जान्नु हो । तालिमलाई ज्ञान र अनुभवमा स्थायी रुपमा परिवर्तन ल्याउने प्रविधिको रुपमा लिइन्छ । तालिम भनेकै सिकाइ अनुभव हो जसले कार्यक्षमतामा अभिवृद्धि गर्छ । विगत १५–१६वर्ष देखि शिक्षण समयमा निरन्तरता दिएकै कारण केही समय तालिम लिने वा तालिमको अनुभव बाँडने मौका मिलेको छ । तालिम लिने क्रममा पहिलो अनुभव वा धेरै अनुभव संगालेका पुराना साथीहरुको घुलमिल हुने मौका मिल्छ । मेरो आफ्नो अनुभवमा कुनै पनि तालिम नयाँ हुँदा गुनासाहरु धेरै गर्ने गल्ती अरुका देखाएर आफू बच्ने उपाय दिन खोजिन्छ तर त्यसले स्थायी रुपमा लिन सक्दैन किनकी हामीमा असन्तुष्टि व्यक्त गर्ने ,नकारात्मक कुरा गर्न मन पराउने ,अरुको कमेन्ट गर्दा आननदको अनुभूति लिने बान िपरिसकेछ । यसरी केही व्यक्रिहरुमा असन्तुष्टि मात्र व्यक्त गर्ने तालिममा आएका वास्तविक कुरा थाहा भए जास्तो गरेर मतलव नगर्ने,विषयवस्तु भन्दा थोरै वाहिरिदा अनावश्यक भन्ने र मुख्य उद्देश्य कमेन्ट गर्ने वा आफूले स्वयं आफूलाई सर्वैसर्वा संझने गरेको पनि तालिममा देख्न पाइन्छ । यस्तो अवस्थामा भोल्तेयरको एउटा भनाई “जो आफूलाई बुद्धिमान संझन्छ उ ज्यादै मूर्ख हो ।” यसले यस्ता व्यक्तिलाई इन्कित गर्न खोजेको हो जस्तो देखिन्छ । जसले तालिमलाई सहजै ग्रहण गर्दैन ,तालिमको उपादेयता बुझ्दैन भने उसलाई कुनै पनि कुनै पनि तालिमले छुदैन । मैले तालिममा अनुभव गरेका केही तालिम मध्ये वि.सं २०५७ सालमा (एक महिने)माध्यामिक तहमा विज्ञान विषय अध्यापन गराउने शिक्षकहरुका लागि १ महिने सेवाकालिन तालिम सधैं ताजा भएर सम्झनामा आउँछ । हाल शैक्षिक तालिम केन्द्रकोे नामले चिनिने चितवनको भरतपुरमा माध्यामिक शिक्षा विकास एकाइ (SEDU) थियो जहाँ तालिम संचालन हुन्थ्यो । तालिम कै क्रममा २०५७ को जेठतिर चितवन,मकवानपुर र धादिङका विज्ञान शिक्षकहरुलाई आयोजना गरिएको सो तालिममा धादिङबाट म लगायतका ९ जना साथीहरु जाने मौका मिलेको थियो । तालिमका क्रममा प्रशिक्षक सरले सैद्धान्तिक कुराको बारेमा बताइरहदा हामीहरु प्रयोगात्मकमा जोड दिनुपर्छ भन्थ्यौ र मैले माथि उल्लेख गरे जस्तै गुनासाहरु आउन थाले जसमा कसैले विद्यालयलाई ,कसैले प्रधानाध्यापकलाई,कसैले विद्यालय व्यवस्थापन समितिलाई दोष थोपर्ने क्रममा प्रयोगात्मक सामाग्री नकिनिदिने विज्ञानको महत्व तथा समस्य नबुझिदिने आदि कारणबाट आफूले सो विषयमा प्रभावकारी शिक्षण गर्न नसकेको कुराहरु उठाउनुभयो । तालिम संयोजक SMT(science master teacher )श्री राजेन्द्र श्रीवास्तव हुनुहुन्थ्यो उहाँले केहीवेर गुनासाहरु सुन्नुभयो । प्रत्युत्तरका क्रममा कही उदाहरणहरु दिनुभयो हामीले नयाँ नयाँ सामान किनेरै देखाउनुपर्छ भन्ने होइन अरुलाई दोषी देखाएर मात्र हुदैन तपाइँ विज्ञानमा झारपात भन्ने पाठ पढाउन जाँदा ढोका बाहिर चउरमा झार कुल्चेर भित्र छिर्नुहुन्छ तर झारलाई शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्नुहुन्न त्यस्तै विरुवाको फूलका बारेमा पढाउदा प्रवचन विधि अपनाउनुहुन्छ , यी सामाग्रीहरु पनि तपाँइलाई किन्नुप¥यो कि भन्दा हामीहरु शान्त भएका थियौं । तालिमकै क्रममा एकजना विदेशी शिक्षकले बजारमा फालिएका चिजहरुबाट (low cost meterial वा No cost meterial )बनाएर विज्ञान अध्यापन गराउन सकिने कुरालाई प्रष्ट पार्नुभयो । हाम्रै वरिपरिका धेरै सामाग्री मध्ये हामलिाई थोरै सामाग्रीका केही मात्र नाम भन्न आयो अरु भन्न सकेनौ जवकि बिदेशबाट आएका सरले हामीहरुले प्रयोग गरेका सामाग्रीहरु हामीले भन्दा बढी भन्नु भयो –जस्तै ः सोलीको रुपमा प्लास्टिकका बोत्तल प्रयोग गर्न सकिने,त्यस्तै विकरको रुपमा सिसाको पिंध ,उल्फ बोत्तलको रुपमा स्लाइनको बोत्तल,कार्बन छडको रुपमा पुरानो सेल(व्यट्रि)मा रहेको कार्वन म्याग्निजडाइ अक्साइडको रुपमा सेलमा रहेको कालो धुलो,क्याल्सियम कार्बोनेटको रुपमा अण्डाको बोक्रा आदि …….। यसरी तालिममा भएका यी क्रियाकलापहरुले यिनै कुरा संग सम्वन्धित पढाउनुपर्ने पाढ आउदा स्थानिय रुपमा प्रयोगात्मक क्रियाकलाप प्रयोगशालामा प्रयोग गरिने विधि आदि नगरेपनि सामान्य सामाग्रीको रुपमा दृश्य सामाग्री बनाउन भने सबैले सकिन्छ । हामीमा कस्तो बानी परेको छ भने वरिपरिको सामान सधैं भरी परिचित यस्ता सामाग्री देखाउन आवश्यक छैन जस्तो लागछ र देखाउन खोज्दैनौ र विद्यार्थीलाई आफ्नो कोणबाट र स्तरबाट बुझ्छौं फूलको चित्र बोर्डमा बनाउन लाग्छौ भने अर्कोतिर केही सामाग्री हाम्रो पहुँच बाहिर हुन्छ त्यो पनि देखाउँदैनौं केहीमा हामी आफैं (update) नभएको कारण देखाउन हिचकिच गर्छौ अनि हाम्रो अध्ययन अध्यापन पुरानै पारामा रहिरहन्छ । यदि हामीले तालिमलाई सकरात्मक रुपमा बुझ्ने हो भने सबै प्रकारका तालिमले सिमित निराशालाई स्वीकार्दै अपार संभावनालाई छोडनुहुदैन भन्ने सन्देश दिएको हुन्छ । (ज्ञवाली श्रीवागेश्वरी उच्च मावि बैरेनीका बिज्ञान शिक्षक हुनुहुन्छ ।)