हाम्रो पालिका

मध्यरातमा राजमार्गवाट ९ हल गोरु समातिए

By Dhadingnews.com

May 12, 2014

धादिङ,२९ बैशाख ः रातको समय पारेर अबैध ढंगवाट गोरु तस्करी गरिरहेको आरोपमा धादिङको बैरेनीवाट १८ वटा गोरु सहित ७ जनालाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन ।

पृथ्वीराजमार्गमा पर्ने बैरेनी गाविसको वडा नम्बर ९ सुत्ेकरीढुङ्गावाट मोटरमा राखेर लैजाने तयारी अवस्थामा राखिएको ९ हल गोरु आज विहान २ वजे तिर स्थानीय युवाहरुले नियन्त्रणमा लिएका हुन । सडक छेउमा गोरु बांधेर ढुवानीका लागि ट्रकको खोजीमा रहेका ९ जनामध्ये चार जनालाई स्थानीयवासीले नियन्त्रणमा लिई रातीनै इलाका प्रहरी कार्यालय गजुरीलाई बुझाएका थिए । चार जना पक्राउ परेपछि भाग्दै गरेका अन्य ३ जनालाई पनि स्थानीयले नियन्त्रणमा लिएका छन । प्रहरी नियन्त्रणमा रहेकाहरुले आंफुहरुले खेतवारी जोत्ने कामका लागि गोरु किनेर तराई तर्फ लैजान लागेको वताएकाले त्यस सम्वन्धि प्रमाणको खोजी भईरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । जिल्लाका विभिन्न स्थान वाट पछिल्लो समय गोरु तस्करीमा बृद्धि हुंदै जान थालेको भन्दै बैरेनीका युवाले त्यस्ता कार्य नियन्त्रण गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन । धादिङको विभिन्न गाउंबस्तीवाट किनेर ल्याईएका गोरु रातको समयमा राजमार्गमा जम्मा पारेर अबैध रुपमा भारत तर्फ लैजाने गरेको पाईएको बैरेनीका दिनेश भण्डारीले वताए । जिल्लाका विभिन्न स्थानमा रातको समयमा एकिकृत गरि राखिएका गोरुहरु त्यी स्थानवाट ट्रकमा लोड गरि पृथ्वीराजमार्ग हुदै भारतीय सिमाका वजारसम्म सम्म पु¥याउने गिरोह सक्रिय रहेको भएपनि प्रहरी प्रशासन मौन रहने गरेको युवाहरुको भनाई छ । अबैधढंगवाट लगिने गोरुहरु मासु प्रयोजनका लागि बंगलादेश पु¥याउने गरेको युवाहरुको दावी छ ।

धादिङन्युजमा प्रकाशित भएका  समाचार,लेख,रचना तथा अन्य कुनै पनि सामाग्री साभार गरेर कुनै पनि मिडियामा प्रयोग गर्न पाईनेछैन । यदि कुनै कारणवश साभार गर्नुपरेमा सामाजिक संजाल ( फेसबुक, टुविटर,व्लग तथा वेभसाईटमा ) प्रयोग गर्नुपरेमा अनिवार्य रुपमा हाम्रो श्रोत खुलाउनु पर्नेछ । सहयोगको अपेक्षा सहित धन्यवाद ।