खोजखबर

इन्सपेक्टर हुँ भन्दै धम्क्याउने धादिङ गुम्दीका प्रहरी जवान भरत सिंखडा पक्राउ

By Dhadingnews.com

May 15, 2014

रुकुम, – प्रहरी निरीक्षकको भेषमा रुकुम पुगेका एक प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय रुकुमले पक्राउ गरी सार्वजनिक गरेको छ ।

सशस्त्र प्रहरी गण नक्सालमा कार्यरत प्रहरी जवान धादिङ गुम्दीका भरत सिंखडालाई खलंगाको एक होटलबाट पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ परेका भरतले आफू केन्द्रीय प्रहरी ब्युरोको प्रहरी निरिक्षक हुँ भनेर  स्थानीय बासिन्दलाई धम्काउँदै आएको प्रहरीले जनाएको छ ।

उनको साथबाट चुस्ता तीन थान, प्रहरी निरीक्षकको दज्र्यानी चिन्ह, प्रहरी सहायक निरीक्षकको दज्र्यानी चिन्हलगायत अन्य प्रहरीसँग सम्बन्धित बन्दोबस्तीका सामानहरु बरामद गरिएको रुकुमका प्रहरी प्रमुख बिनयकुमार झाले जानकारी दिनुभयो उज्यालो अनलाईनले खबर लेखेको छ ।  ।