प्रवास समाचार

कोलोराडामा रक्तदान कार्यक्रम सम्पन्न

By Dhadingnews.com

May 24, 2014

नातिबाबु  भट्ट कोलोराडो, अमेरीका अन्तराष्ट्रिय ब्लड डोनर्सडेको पूर्व सन्ध्यामा कोलोराडो निवासी नेपालीहरुले रक्तदान जिवनदान भन्ने मुलमन्त्र मनन गर्दै रक्तदान गरेका छन् ।

नेपालीहरुको साझा संस्था नेपाली घर र रकीमाउन्टेण्ड फ्रेन्डस अफ नेपालको संयूक्त   आयोजनामा २२ जना नेपालीहरुले कोलोराडो स्थित बिभिन्न रक्तदान केन्द्रमा उपस्थित भई रक्तदान गरेका हुन । रक्तदान गर्न ईच्छुक ३० जना भन्दा बढि भएपनि बिभिन्न कारणले गर्दा २२ जना मात्र रक्तदान गर्न योग्य ठहरिएका थिए । अमेरीकाको नियम अनुसार रक्तदान गर्न अमेरीकामा बस्न थालेको ३ बर्ष हुनुपर्ने तथा लगातार एकबर्ष देश बाहिर नगएको हुनु पर्दछ । यसरी रक्तदान गर्नेहरुमा नेपाली घरका अध्यक्ष नारायण श्रेष्ठ, रकीमाउन्टेण्ड फ्रेन्डस अफ नेपालका अध्यक्ष शरद आचार्य, अन्तराष्ट्रिय साहित्यसमाजका माहासचिव पदम बिक, डा.प्रकास कैनी, रबी जोसी लगायत रहेका छन् । कार्यक्रमा प्रमोद केसीले ४१ सौं पटक, धिरज केसीले २० सौं पटक र शोभा श्रेष्ठले सातौं पटक रक्तदान गरेका थिए । त्यस्तै गरी पहिलो पटक रक्तदान गर्ने ५जना रहेका थिए ।

आयोजक संस्था नेपाली घरका अध्यक्ष्य नारायण श्रेष्ठले अब कोलोराडोमा नेपाली घर र रकीमाउन्टेण्ड फ्रेन्डस अफ नेपालको संयुक्तनाममा एकाउन्ट खोलीएको जानाकारी गराउदै आगामी दिनमा जो कोहीले कोलाराडो स्थित सात रक्तदान केन्द्रमा गएर रक्तदान गर्दा ७२२८ एकाउन्ट नम्बर दिएमा संस्थाको एकाउन्टमा रगत जम्मा हुने बताए । आगामी अगष्ट २९ देखि हुन लागेको एन्मा र नासाको १० सौं सम्मेलनमा अगष्ट ३१ का दिन सम्मेलन स्थत होटल क्राउन प्लाजामा रक्तदान कार्यक्रम राखिएको जनाए । त्यस्तै रकीमाउन्टेण्ड फ्रेन्डस अफ नेपालका अध्यक्ष शरद आचार्यले पहिलो पटक रक्तदान गर्दै आज सम्म आफुमा रक्तदान गर्दा कमजोर हुन्छ भन्ने भावना रहेको, बास्तबमा रक्तदानगर्दा कमजोर नभई झन फुर्तिलो भएको अनुभव सुनाए । उनले नेपाली समुदायका ब्याक्तिहरुलाई आबश्यक परेको बेला सजीलैसंग रगत उपलब्ध गराउन तथा नेपाली समुदायको पहिचाहन गराउन कार्यक्रमको आयोजना गरिएको बताए । उनले संस्था नेपाली समाजको हकहितको लागिमात्र नभई समग्र हितको लागिसमेत अगाडी बढिरहेको बताए । आगामी दिनमा रक्तदान कार्यक्रमलाई निरन्तरता दिने जनाए । ब्लड डोर्नेस अफ अमेरीकाका स्टेट कोर्डिनेटर भुषण श्रेष्ठले बिगतमा हाम्रो नेपाली समुदायमा रक्तदान गर्दा कमजोर हुन्छ भन्ने भान भएपनि बिस्तारै रक्तदान गर्ने लहर चलेको बताए । उनले एक जनाले रक्तदान गर्दा ३ जना को जिवन बच्ने बताउदै राम्रो कामको सुरुआत भएको भन्दै खुशी ब्यक्त गरे । उनले आगामी एन्मा र नासाको १० सौं सम्मेलनमा अगष्ट ३१ का दिन सम्मेलन स्थत होटल क्राउन प्लाजामा रक्तदान कार्यक्रम हुने र उक्त दिन एकसय भन्दा बढिले रक्तदानमा भागलिने बिश्वास गरे ।