हाम्रो पालिका

पत्रकार महासंघका सदस्य गुरुङमाथि हमला,घटनाको सर्वत्र निन्दा

By Dhadingnews.com

June 07, 2014

धादिङ–नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका कार्य समिति सदस्य ठाकुर गुरुङ केही व्यक्तिहरुको आक्रमणमा परि घाईते हुनु भएको छ । मार्पाक गाविसका पुर्व बिद्यार्थीहरुको साझा संस्था भुतपुर्व बिद्यार्थी समाज मार्पाकको शनिवार काठमाण्र्डो बनस्थलीमा आयोजित सम्मेलनका क्रममा गुरुङ माथि आक्रमण भएको हो । महासंघका सदस्य गुरुङ माथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले बिज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गुरुङलाई नयाँ कार्य समिति चयन भइसकेपछि कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गर्दै एक समूहले आक्रमण गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । महासंघका जिल्ला शाखा अध्यक्ष नवराज छत्कुलीद्धारा हस्ताक्षरित बिज्ञप्तिमा घटनामा घाइते गुरुङको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनामा संलग्न दोषीहरुमाथि कारवाहीको लागि प्रशासन समक्ष जोडदार माग गरिएको छ । यसैगरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धादिङले पनि बिज्ञप्ति जारी गर्दै आफ्ना जिल्ला अध्यक्ष माथि भएको सांघातिक हमलाको विरोध गरिएको छ । सस्थाका सचिव सरिता श्रेष्ठद्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ –बिना कारण गरिएको आक्रमणको हाम्रो संस्था तथा पत्रकारहरु घोर भत्र्सना गर्दछौं । हाम्रो संस्थाका अध्यक्ष घाइते गुरुङको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषीमाथि कानुनी कारवाहीको लागि प्रशासन समक्ष जोडदार माग गर्दर्छौ । यसैगरी रेडियो विहानी, क्रान्तिकारी पत्रकार संघ लगायतका संचार सम्वद्ध संस्थाहरुले पनि गुरुङमाथि भएको आक्रमणको विरोध जनाएका छन । टाउको र छातीमा गम्भीर चोट लागेपछि गुरुङको जनमैत्री अस्पताल काठमाडौंमा उपचार भईरहेको छ ।