हाम्रो पालिका

मौरीपालन तथा मह उत्पादन तालिम सम्पन्न

By Dhadingnews.com

June 09, 2014

पिडा–धादिङ उद्योग वाणिज्य संघको व्यवस्थापन तथा घरेलु तथा साना उद्योग विकास समिति धादिङको आयोजनामा १० दिने मौरीपालन तालिम सम्पन्न भएको छ । पिडा गाविस वडा नं. २ मा आयोजना गरिएको उक्त तालिम २०७१ साल जेष्ठ १७ गते देखि जेष्ठ २६ गते सम्म संचालन भएको थियो । १३ जना पिपलटार तथा घाटवेसीका मौरीपालक किसानको सहभागीता रहेको उक्त तालिमको प्रशिक्षण मौरी वाजे केशव अर्यालले गर्नूभएको थियो भने सहप्रशिक्षकमा कमला थापा रहनु भएको थियो । तालिम पश्चात किसानहरुलाई तालिममा प्रयोग भएको मौरीकाृ घार तथा अन्य औजारहरु ४० प्रतिशत छुटमा विक्री गरिएको थियो । तालिम अवधीभर करिव २० किलो मह उत्पादन गएिको थियो ।