रोजगारी/समृद्धि

गजल-शेर्पीनी कान्छी “नीम”

By Dhadingnews.com

June 11, 2014

 

बोतल उही छ, बेमान शराब छ साथी,

रात पुरानै हो, नयाँ तनाव छ साथी ।।

मदहोस बनी छ्ल्कन्छ खुसी प्यालामा, मात उस्तै नै खराब सोभाव छ साथी ।।

अतित सम्झें बेहाल वर्तमान भद्रगोल छ, भविष्य लेख्दै गरेको किताब छ साथी ।।

मिठो लाग्छ पीडा काडालाइ बुज्न सके, हावाको भरमा झर्ने गुलाब छ साथी ।।

पिए पछि किन रुन्छौ नसोध्नु है मलाई, चोट पखाल्ने आँशुको बहाव छ साथी ।।

चरीकोट, दोलखा हाल: इजरायल