हाम्रो पालिका

एडभान्स एकेडेमीमा विदाई तथा पुरस्कार बितरण कार्यक्रम

By Dhadingnews.com

June 13, 2014

धादिङबेसी–प्रवेशिका परीक्षाको नतिजा आउनै लाग्दा एडभान्स एकेडेमीवाट यस बर्षको प्रवेशिका परिक्षा दिएका बिद्यार्थीहरुलाई बिद्यालयले शुक्रवार एक भव्य कार्यक्रमका बिच विदाई गरेको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्री तिवारीको अध्यक्षतामा भएको पांचौं विदाई तथा पुरस्कार बितरण कार्यक्रम जिल्ला शिक्षा कार्यालय धादिङका सहायक जिल्ला शिक्षा अधिकारी रमा अर्याल पन्थीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । बिद्यालय परिसरमा आयोजित पांचौं विदाई तथा पुरस्कार बितरण कार्यक्रममा नीलकण्ठ उच्च मावि श्रोत केन्द्रका श्रोत व्यक्ति इश्वरकुमार श्रेष्ठको बिशेष आतिथ्य रहेको थियो ।

यसैगरी छिमेकी बिद्यालयका प्रधानाध्यापक,निजी तथा आवासीय बिद्यालय अर्गनाईजेशन नेपाल ( प्याव्सन)का प्रतिनिधि,बिद्यालयका अभिभावकका साथै नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष नवराज छत्कुली लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा गत शैक्षिक सत्रमा बिद्यालयले सञ्चालन गरेको विभिन्न कार्यक्रमहरुमा सहभागी भई उत्कृष्ठ हुन सफल तथा कक्षा गत परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने बिद्यार्थीहरुलाई सम्मान एवम पुरस्कार बितरण गरिएको थियो । बिद्यालयले गत बर्षको शैक्षिक सत्रमा बिद्यालयका शिक्षक मध्ये सबैभन्दा उत्कृष्ठ कार्य सम्पादन गर्नुहुने शिक्षिका उषाकिरण रानालाई बर्षको उत्कृष्ठ शिक्षकका रुपमा सम्मान गरेको थियो । यसैगरी बिद्यालयका अभिभावक मध्ये मिशन छत्कुलीका आमा अम्बिका छत्कुलीलाई उत्कृष्ठ अभिभावकका रुपमा सम्मान गरिएको थियो । बिद्यालयमा निरन्तर उपस्थित भई उचित सल्लाह सुझावका साथै पढाईको सुधारका लागि उचित परामर्श दिए वापत छत्कुलीलाई सम्मान गरिएको बिद्यालयले जनाएको छ । कार्यक्रमको अवसर पारेर बिद्यार्थीहरुले गित नृत्य र सांगितिक प्रस्तुती प्रदर्शन गरेका थिए ।