शिक्षा/स्वास्थ्य

सेतीदेवी माविको उद्घाटन

By Dhadingnews.com

June 15, 2014

रानीवारी–सेतीदेवी मावि थाक्रे ३ रानीबारी धादिङको नव निर्मित १४ कोठे पक्कि भवन र कम्प्युटर ल्यावको शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव कृष्णहरि बास्कोटाद्वारा उद्घाटन गरिएको छ ।

कार्यक्रममा वोल्दै जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदिले जिल्लालाइ चाडैनै पहिलो साक्षरता जिल्ला घोषणा गर्ने जानकारी दिदै त्यसको लागि तयारी भइरहेको जानकारी दिए । कार्यक्रममा ८ जना विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरुलाइ सम्मान समेत गरिएको थियो भने विद्यालयलाइ आर्थिक एवम भौतिक सहयोग गर्ने सघंसस्था एवम व्यक्तिहरुलाइ पनि सम्मान गरिएको थियो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, समाजसेवि नेत्रराज पौडेल, सिड्स धादिङका अध्यक्ष गोकर्ण रुपाखेति, पत्रकार सरोज पौडेल लगायतले सम्वोधन गरेका थिए ।शुक्रबारै प्रकाशित एसएलसी परिक्षामा सो विद्यालयले ८९ प्रतिशत अंक ल्याएको प्रअ रेग्मीले जानकारी दिए । २७ जना सहभागि भएका मध्ये १२ जना प्रथम श्रेणी र १२ जना द्वितीय श्रेणिमा उत्तिर्ण भएका छन् । 

रुम टु रिड नेपाल, जिल्ला शिक्षा कार्यालय, जिल्ला विकास समिति गाविस कार्यालय थाक्रे, बालविकास कार्यक्रम र स्थानीय जनश्रमदान तथा आर्थिक सहयोगमा निर्मित शौचालय सहितको भवनको कुल लागत ५० लाख रहेको विद्यालयका प्रधानाध्यापक राजकुमार रेग्मीले जानकारी दिए । कार्यक्रममा सचिव बास्कोटाले गाउँको विद्यालयले गरेको प्रगतिको प्रशंसा व्यक्त गर्दै सामाजिक कार्यमा जुटनेहरुले हरेश खान नहुने वताए । धादिङ जिल्लामा पर्यटन , र्याफ्टिङ, र जलश्रोतको विशेष सम्भावना रहेको भन्दै सचिव वास्कोटाले वुढिगण्डकी परियोजनालाइ सरकारले गम्भिरतापुर्वक अगाडि वढाएको जानकारी दिए ।