बैंक /बित्तिय संस्था

उद्योग मन्त्री कर्णवहादुर थापालाई उद्योग वाणिज्य संघ धादिङमा स्वागत, आर्थिक विकासका योजनाहरु मन्त्री समक्ष पेश

By Dhadingnews.com

June 16, 2014

धादिङबेसी –उद्योग वाणिज्य संघ धादिङले नेपाल सरकारका उद्योग मन्त्री कर्णवहादुर थापालाई आफ्नो कार्यालयमा स्वागत गर्दे जिल्लाको आर्थिक विकासका योजनाहरु मन्त्री समक्ष पेश गरेको छ ।आईतवार  संघका अध्यक्ष कल्पना अधिकारीको नेतृत्वमा संघका पदाधिकारी एवम अन्य सदस्यहरुको उपस्थितीमा मन्त्री थापाका साथै साना तथा घरेलु उद्योग विकास समितिको अध्यक्ष पदमा नियुक्त हुनुभएका धादिङ कल्लेरीका जगन्नाथ नेपाललाई कार्यालयमा स्वागत गरिएको थियो ।

मन्त्री थापाको स्वागतका लागि आयोजना गरिएको कार्यक्रममा धादिङका विभिन्न राजनैतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल,प्रहरी नायवउपरिक्षक प्रकाश मल्लका साथै विभिन्न सरकारी कार्यालयका प्रमुख एवम प्रतिनिधि, उद्यमी व्यवसायी,संचारकमींहरुको सहभागिता रहेको थियो । नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहनु भएका उद्योग मन्त्री थापा आईतवार नेकपा एमाले धादिङले आयोजना गरेको नवौं राष्ट्रिय महाधिबेशनको सन्दर्भमा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्न आईतवार धादिङबेसी आईपुग्नु भएको थियो । दुई बर्ष अघि गठन भएको उद्योग वाणिज्य संघ धादिङलाई नेपाल उद्योग वाणिज्य महासंघले सदस्यता नदिएपनि जिल्ला स्तरमा विभिन्न कार्यक्रमहरु गरी व्यवसायीहरुको हक हितका काम गर्दै आईरहेको छ । यसैक्रममा संघले आगामी दिनमा गर्ने कार्यक्रमहरुको वारेमा तयार पारिएको कार्ययोजना सहितको ज्ञापन पत्र मन्त्री थापालाई बुझाएर जिल्लाको आर्थिक विकासका निम्ति सहयोग गरिदिन सरकार संग आग्रह गरेको छ । प्रस्तुत छ संघले मन्त्री समक्ष पेश गरेको ज्ञापन पत्र जस्ताको तस्तै

—————————————————————————————————————————————————————–

श्रीमान माननीय उद्योग मन्त्री ज्यू , सिंहदरवार–काठमाण्डौ, नेपाल । बिषय ःज्ञापनपत्र

स्रोत र साधनले भरिपूर्ण धादिङले विकासको प्रचुर सम्भावना बोकेको छ । धादिङ जिल्लाको अर्थतन्त्रको मूल आधार नै कृषि र पशुपालन हो । विगत केही समय यता औद्योगिक क्षेत्रको रुपमा पनि धादिङले स्थान ओगटेको छ । दूध, फलफूल र तरकारीले ब्यावसायिक रुप लिएका छन् । राजधानी काठमाण्डौको कृषि बजारमा धादिङको करिव २८ प्रतिशत योगदान रहेको छ । यस जिल्लाको करिव ८४.८५ प्रतिशत मानिसहरु कृषि पेशामा आवद्ध छन् । धादिङले औद्योगिक विकासमा क्रमशःपाईला चाल्दैछ । सिमेन्ट उद्योग,औषधी उद्योग, ग्यांस उद्योग, मासु प्रशोधन केन्द्र, रोडा ढुङ्गा उद्योग, ईट्टा उद्योग हाल यहां सञ्चालित मुख्य उद्योगहरु हुन् । पर्यटकीय हिसावले गणेश हिमाल पैदल मार्ग, त्रिशुली ¥याफ्टिङ, निर्माणाधिन त्रिशुली जलाशय, गंगा जमुना झरना, चमेरे गुफा, भैरवी मन्दिर, मैदीकोट, ढोला मण्डलीमाई, त्रिपुरासुन्दरी मन्दिर, सिद्धलेक यहांका आकर्षक पर्यटक गन्तव्य हुन् । यसको उचित प्रचार प्रसार र प्रवद्र्धन गर्न सकियो भने समृद्ध जिल्लाको रुपमा धादिङको पहिचान राख्न सकिने छ । सुन्तला दूग्ध पदार्थ अहिले पनि हाम्रा गतिला आम्दानीका स्रोत हुन् । यिनीहरुको पकेट क्षेत्र विस्तार संगै उपयुक्त बजारको खोजी गरिदै छ । करिव १५० प्रजातिका जडिबुटी पहिचान भै सकेका छन् भने रुवी ढुङ्गा, गन्धक, स्लेटढुङगा लगाएतका खानी उत्खनन् हुन सके अझै जिल्लालाई आर्थिक हिसावले सवल वनाउन सकिने छ । धादिङ जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग, ब्यापार, कृषि र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने दूरगामी लक्ष्य सहित २०७१ पौष ७ देखी १७गते सम्म सञ्चालन गर्नेगरी ‘ बृहत धादिङ महोत्सव २०७१’ को आयोजना गरिएको छ । हामी यस महोत्सव लाई मध्यामाञ्चल क्षेत्रिय महोत्सव बनाउन चाहान्छौ । यसका लागि आवश्यक समन्वयको कार्य भईरहेको अवगत गराउन चाहान्छौ । आन्तरिक बजार सवलीकरणका लागि ब्यावसायिक उत्थान तथा निकासी योग्य बस्तुमा जोड दिदै उत्पादक र उपभोक्ता बीच प्रत्यक्ष सम्वन्ध गांसी औद्योगिक तथा ब्यापारिक चहलपहल बढाउन हामी प्रयत्नशील छौ । जिल्लामा पर्यटकीय क्षेत्र, औद्योगिक उत्पादन, कृषिजन्य उत्पादन, लघु उद्यम लगायतको प्रवद्र्धन गराउन तथा सुबिधा सम्पन्न सुचनाकेन्द्र सहितको कोसेलीघर निर्माण गर्न घरेलु तथा साना उद्योग बिकास समिति धादिङ संगको साझेदारीमा कार्यगर्ने गरी योजना बनाई कार्यान्वयनको चरणमा पुगेका छौ । हाम्रो यस अभियानलाई पनि यहांबाट सहयोग प्राप्तहुनेमा हामी पूर्ण आशाबादी छौ । जिल्लाका राजनीतिक दल, सरकारी कार्यालय, गैरसरकारी संस्था, नागरिक समाजका अगुवाहरु, सञ्चार कर्मीहरु, तथा उद्योगी ब्इावसायीहरु बिचको अन्तक्र्रिया बाट संबृद्ध धादिङको लागि कृषि, उद्योग र पर्यटनको अल्प मध्य र दीर्घकालिन बिकासको साझा अवधारणा पत्र तयार गरिएको छ । यस तर्फ यहांको ध्यानाकर्षण गराउदै यो ज्ञापन पत्र यहां समक्ष पेश गर्दछौ ।

कल्पना अधिकारी अध्यक्ष