हाम्रो पालिका

घरेलु कामदारको सुरक्षाका लागि पौरखी नेपालवाट सरकारको ध्यानाकर्षण

By Dhadingnews.com

June 16, 2014

धादिङ–आन्तरिक श्रम वजारमा घरेलु कामदारहरुको सुरक्षाका लागि चाहिने मापदण्ड तयार पार्न सरकारलाई दवाव दिने उद्धेश्यले पौरखी नेपालले सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

यसैक्रममा पौरखी नेपाल धादिङ शाखाले धादिङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाउंदै पौरखी नेपालले घरेलु कामदार सम्वन्धी अन्र्तराष्ट्रिय श्रम संगठन महासन्धि नम्बर १ सय ८९ का बिषयमा जानकारी गराएको हो । पौरखी नेपालका जिल्ला अध्यक्ष राममाया श्रेष्ठको नेत्तृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई ध्यानाकर्षण पत्र बुझाउंदै घरेलु कामदारको अवस्थाका वारेमा समेत जानकारी गराएको थियो । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नेपालले आन्तरिक तथा वाह्य देशमा कार्यरत घरेलु कामदारहरुलाई भविष्यमा पर्न सक्ने खतराहरुका वारेमा पुर्व जानकारी दिन सरकार र गैर सरकारी क्षेत्रले सहकार्य गर्नुपर्ने वताउनु भएको थियो ।