प्रायः अविकसित राजनीतिक संस्कृतिले जकडिएका मुलुकहरुमा लोकतान्त्रिक व्यवस्थाका पिलरका रुपमा स्थापित दलहरु त्यसैभित्रका नेताहरु–का महत्वाकाङ्क्षाका सिकार बनेर दलीय – अस्तित्वलाई नै धरापमा पार्ने गलत परंपरामा गॉजिएका छन् । जसको पछिल्लो मञ्चन नेपालको राज—नीतिक रङ्गशालामा निकृष्ट रुपमा चलिरहेको छ । वास्तवमा दलहरु आद–र्शको आलोकमा सिध्दातको राजमार्ग अनुशरण गर्दै विचारको क्रियाशील—तामा संगठित हुने ऊर्जा हो । त्यसै भएर त राजनीतिक विश्लेषकहरु दललाई ‘ विचारको ब्रोकर ’ भनेर मान्छन् ।
नेपालमा दलीय इतिहास मात्रै सात दशकको भन्दा ठिकै होला । यति छोटो अवधिमा झन्नै आधा समय त दलहरु राज्यसञ्चालनको अभ्या—सबाट प्रतिबन्धित हु‘दै भूमिगत रुपमा रहन बाध्य हुनु पर्यो । देशको पि–छडिएको आर्थिक अवस्था , राज्यसत्तामा सामन्तवादी प्रवृत्तिको हालीमुहाली , दलीय संगठनमा परंपरावादी झुण्डहरुको व्यापक प्रवेश र उनीहरुकै हाको— डाकोले खुट्टा घुमाउनु , आन्दोलन — जनक्रान्ति र संघर्षमा खारिएकाहरु क्रमशः पार्टीसंगठनबाट बाहिरि‘दै जानु , नेताहरुका आचरण स्वाभिमानी ज—नताका मनमुटुमा पाच्य हुन नसक्नुजस्ता कुराले नेपालमा दलीय संगठन कमजोर बनाउ‘दै लगेको छ । वास्तवमा राजनीतिक दल जनइच्छालाई मु—खरित गर्दै राष्टिय स्वार्थ गोल गर्न सक्षम हुनै पर्छ । केवल थारा नाराका वाहक बनेर जननजरमा नायक बन्न दलाधीशहरु कहिल्यै सक्दैनन् । दलको सफल पाटो नीति र स्पष्ट कार्यदिशा पनि हो । नेपालका दलहरु नीतिप्र—धान हुनुपर्नेमा नेताप्रधानको अबिरोले बिरुप बनाइएका छन् । धेरै जसो दलहरुमा निश्चित कार्यदिशा पनि छैन । कथनी र करनीमा एकरुपता न—हुनु नेपालका दलका अ‘ध्यारा पक्ष हुन् । विचारमा रणनीतिको सेप लाग्नु , दलभित्रका जुझारु कार्यकर्ताभन्दा नाता— चाकरी —धन र बाहूबलीहरुलाई राजनीतिक भर्नामा प्रथमिकता दिनु , जनताका दैनिक उपभोग्य वस्तुहरुमा बेखबर बन्नु , युवा पुस्ताका आकाङ्क्षालाई संबोधन गर्ने सामथ्र्य नराख्नु , विदेशनीति विशेष गरी छिमेकी देशहरुसितको सन्तुलित सम्बन्धमा खरो उत्रन असमर्थ हुनु , हर प्रकारका समावेशी मुद्दामा उदासीन रहनु हाम्रा राजनीतिक दलहरुका कर्मेन्द्रिय र ज्ञानेन्द्रिय लुला हुनुका कारण हुन् ।
प्रमुख सत्ताधारी ने.का. जो आपूmलाई नेपालको लोकतान्त्रिक आन्दोलनको अगुवा हू‘ भनेर दाबी गर्छ त्यसैको हालत पनि सन्तोषजनक छैन । गुट—उपगुट , झुण्ड— उपझुण्डमा विभक्त भएर दर्शन, सिध्दान्त , वि—चार र कार्यक्रमलाई नै अलपत्र बनाउनु पार्टी— वैभवलाई धराशयी बनाउनु हैन र ? खै बीपीका कालजयी विचारमा अनुबन्धित हु‘दै जनताका दैनिकीमा सुस्वादु बन्न सकेका छन् चारतारे झण्डाधारीहरु ? राष्टियताको सुनौलो दर्शन , लोकतन्त्रको प्रबल सिध्दान्त र समाजवादको युगसापेक्ष कार्यक्रमले खै नेपालको लोकजीवन हल्लाउन सकेको छ ? जननायकको जनताकेन्द्री राजनीतिक अवधारणाले आकार पाउन किन कठिन परिरहेको छ ? यक्ष प्रश्न बनेर गिज्याइरहेको छ नेपाली काङ्ग्रेसलाई । काङ्ग्रेस केन्द्रीय समितिको कार्यकाल सिध्दिन लाग्दासम्म पनि कार्यसमितिले पूर्णाकार लिन नसक्नु के लोकतान्त्रिक पार्टीको लगौटीले कन्नानी छोड्नु हैन ? आचरण—मा रुपान्तर नहुने दल जनताका ऑखाबाट पक्कै पर्गेलिन्छन् ।
नेपालको सन्दर्भमा आपूmलाई खॉटी वामपन्थी र क्रान्तिकारी भनेर गर्व गर्ने दर्जनौं कम्युनिष्ट दलहरु दर्शन , सिध्दान्त , विचार र कार्यक्रममा कुहि—राको काग बनेर भ्रान्ति— भ्रान्तिमा क्रान्तिको परिभाषा महिनैपिच्छे कु‘दिरहेका छन् । बाबुरामको कार्यदिशामा प्रचण्ड एमाओवादीको सुप्रिमो आजीवन बनि—रहेका छन् भने बाबुराम आपूm सुप्रिमो बन्न नसकेको ग्लानिमा छटपटि—एको छटपटियै छन् । उता किरण दलीय मर्यादामा विकिरण छरेर जडसूत्र—वादको चक्रव्यूहमा फन्फन्ति हुनु के दलीय सिध्दान्तमा उपदलीय अभ्या—को सुके लुतो हैन ? प्रचण्ड , बाबुराम , किरण , नारायणकाजीका गूटउपगुट दलीय संरचनाका ऐजेरु बनेका छैनन् ? राजनीतिको खुल्ला मैदानमा आए पछि पुरानो माओवादीभित्र देखिएको चार मुखियाका चार बाटा लाटाले पनि बुझिसकेका छन् । त्यसै गरी अघिल्लो समयदेखि एमालेमा देखिएको वैचा—रिक विचलनले यो दलको लैङ्गिक स्पष्टता खुट्याउन जटिल भएको विश्ले—षकहरु खुलेरै पोखिरहेका छन् । विस्फोटमा पुग्न लागेको ऊग्र क्रान्तिकारी तागतलाई ‘ जबज ’—को नयॉ उपागम दिएर लोकतान्त्रिक लिकमा मार्च ग—राउने कसरत मदन भण्डारीले गरे पनि गुटीय दलदलमा फसेका एमाले—गण माक्र्सवादको सिर्जनात्मक प्रयोगको हुलिया दिएर आ— आफ्नै भाष्यमा बहकिएका छन् । नेपालका अन्य दर्जनौं कमिनिष्ट घटकहरु फुट्दै टुट्दै विघटनकै सुरुङमा यात्रारत छन् । समग्रमा भन्नुपर्दा यहॉ कमिनिष्ट दलहरु केवल दल , उपदल , गुटउपगुट , लबीउपलबी बनेर लोकतन्त्रको जग दल प्रणालीमै हुरीबतास बनेर लोकतन्त्रको कलिलो उपवनमा एसिड वर्षा गरि—रहेका छन् । मूलतः दलहरु नै दलविरुध्दका गलत बल , भयकारी भल र कल बन्दा नेपालमा लोकतन्त्रको अडिने धरातल तलातल पुग्ने भैसकेको छ । स—मयमै यो यथार्थ बोध हुन यतिखेरका शीर्षको घैंटामा घाम लागोस् । समाप्तम्