१. परिचय क. कृषि निर्वाहमुखी कृषि पद्धतिले गर्दा हाम्रो देशको कृषि नाफामूलक बन्न सकेन । जसले गर्दा आज हाम्रा किसानहरुले आफ्नै पेट भर्न पनि सकिरहेका छैनन् । गुजारामुखी कृषि प्रणालीमा परिवर्तन गरी किसानलाई कृषि उद्यमी बनाउनु सबभन्दा ठूलो चुनौती हो । कृषकको स्तर परिवर्तनबाट मात्र कृषिमा परिवर्तन सम्भव छ । कृषि पेसालाई नाफा कमाउने उद्देश्यले गरिनुपर्छ । नाफा कमाउने उद्देश्यले कृषि व्यवसाय गर्ने व्यक्ति अथवा समूहलाई कृषि उद्यमी भनिन्छ । यस अन्तर्गत उत्पादन गर्ने, प्रशोधन गर्ने, बिक्री–वितरण गर्ने र सेवा प्रदान गर्ने जस्ता क्रियाकलापहरु पर्छन् । कृषि उत्पादनका साधनहरु भूमि, श्रम, पुँजी र प्रबन्धलाई उचित प्रयोगद्वारा धेरैभन्दा धेरै उत्पादन कसरी गर्ने र त्यसबाट धेरै मुनाफा कसरी कमाउने भन्ने कुरा उद्यमी किसानले जान्नुपर्ने हुन्छ । उत्पादनलाई कसरी बेच्ने संक्षेपमा उत्पादन र वितरणमा अनुदान दिएर कृषि उद्यमी बनाउनु आजको आवश्यकता हो । परम्परागत कृषि प्रसार र अनुसन्धान कार्यक्रमलाई परिवर्तन गरेर कृषि उद्यमीका लागि बजार र प्रविधि ग्यारेन्टी गर्ने खालको हुनुपर्छ । विदेश गएर प्रविधि र सीप लिएर वा आफ्नै देशमा केही गरौ भनी कृषिमा लगानी गरिरहेका सयौं युवा किसानहरुको भविष्य सुनिश्चित हुनुपर्छ ।
ख. पर्यटन राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंग भएको र देश विकासका लागि पर्याप्त संभावना बोकेको क्षेत्र पर्यटन क्षेत्र हो । देशको अस्थिर राजनैतिक अवस्थाले थिलथिलो भएको पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकसित गर्नु हामी सबैको दायित्व हो । पर्यटन उद्योग पूर्णरुपमा सेवामा आधारित व्यवसाय भएकाले अन्य उद्योग व्यवसायको तुलनामा यसको विकास र प्रवद्र्धन बढी चुनौतिपूर्ण हुनुका साथै सम्वेदनशील पनि छ । कुनै एक पक्षमा आएको परिवर्तनले अर्को पक्षमा तुरुन्त असर पार्छ । तर यसो भन्दैमा सन्तुलित रुपमा पर्यटन व्यवस्थापन गर्न नसकिने भने होइन । पर्यटन उद्योगको सन्तुलित व्यवस्थापनका लागि यस क्षेत्रका विज्ञहरुको सल्लाह र सुझाव अनुसार उपयोगी र प्रभावकारी कार्यक्रम तथा रणनीति तय गरी सरकारी र नीजि क्षेत्र एक भई दृढताका साथ पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा अघि बढ्नु आजको अनिवार्य आवश्यकता बनेको छ । निश्चित रुपमा पर्यटन उद्योगको विकास र प्रवद्र्धनका लागि पर्यटनसंग सम्बन्धित व्यवसायिक क्षेत्रहरु र पर्यटकीय स्थलहरुको सुधार तथा विकास र प्रवद्र्धन गर्नुपर्छ तर यो मात्र पर्याप्त हुँदैन । आजको कडा प्रतिश्पर्धाको जमानामा सम्बन्धित क्षेत्रहरुको विकास र प्रवद्र्धनका साथै तिनीहरुको प्रचार प्रशार तथा बजार प्रवद्र्धनको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
ग. कृषि–पर्यटन कृषि र पर्यटनको आ–आफ्नै महत्व छ । दुबैलाई एकै ठाँउमा समन्वय गरेर विकासको योजना हालसम्म बनेको पाँइदैन । कृषि र पर्यटन दुबैलाई समन्वय गरेर विकासको योजना बनाँउदा अवस्य पनि फाइदा पुग्छ र विकासको गति चाँडो हुन्छ । कृषि–पर्यटनको एकिकृत विकास योजनाले कृषि उत्पादनमा सुद्धिकरण र बजारमा प्रभाव पर्नुका साथै प्राविधिक विषय तथा कृषि सूचनाको समेत आदान प्रदान हुन्छ । कृषि –पर्यटनको एकिकृत विकास योजनाले पर्यटन क्षेत्र विस्तार भई मौलिक नेपाली संस्कृति र सामाजिक सदभाव बढ्ने प्रचुर संभावना हुन्छ । कृषि–पर्यटनले विदेशी नयाँ प्रविधि र नेपाली युवा कृषकको उत्साहको विचमा प्राविधिक पक्षको आदान–प्रदान भई उत्पादनमा विशिष्टता, प्रसोधनमा नविनता, स्वादमा मौलिकता, उपभोगमा गुणस्तरीयता र स्थानीय बजार प्रर्वद्धनमा समेत सहयोग पुग्छ भने व्यवसायिक स्थायीत्व र युवा कृषकको कृषिमा सहभागिता बढ्ने भएकोले कृषिलाई पर्यटन संग जोड्न जरुरी छ ।
कृषि–पर्यटनको एकिकृत विकास योजनाले पर्यटन क्षेत्र विस्तार भई पर्यटकको प्रत्यक्ष सहभागितामा मौलिक उत्पादनको प्रसोधन हुन्छ । कृषि पर्यटक समाजमा प्रत्यक्ष सहभागी हुनाले समाजिक सदभाव बढ्छ । फर्म–स्टे, होम–स्टेको र होटलस्टेको सूव्यवस्थापनले पर्यटकको आकर्षण बढ्न गई पर्यटन आवागमन विस्तार हुन्छ । सामाजिक सदभावको दायरा विस्तार भई मौलिक घरेलु बस्तुहरुको उत्पादन बढ्छ । चिनारी एवं चिनोको रुपमा प्रदान गरिने स्थानिय उत्पादनको उपहार आदीले बजार विस्तार हुन्छ । स्वदेशको कृषिउपजबाट निर्मित पहिचान बस्तु विदेशमा विस्तार हुने सुनिस्चित भएकोले पर्यटनलाई कृषिसंग जोड्नु जरुरी छ ।
२. कृषि–पर्यटनको आवश्यकता र वस्तुगत यथार्थ
ड्ड कृषि प्रविधि तथा प््रााविधिक विषय आदान प्रदान हुने ड्ड कृषि सूचनाको आदान प्रदान भई व्यावसायिक सुनिश्चिता हुने ड्ड सम्भाव्यता र व्यवसायीकताको आदान प्रदान हुने । ड्ड स्थानिय उत्पादनको बजार व्यवस्थापन र विस्तारमा सहयोग पु्याउने ड्ड कृषि व्यवसायलाई यान्त्रिकरणमा सहयोग पु्याउने ड्ड हरियाली विकास भई गुणस्तरीय उत्पादनमा सहयोग पु्याउने ड्ड प्रशोधनको नविनता र स्वादमा नविनतामा सहयोग ड्ड विदेशी र देशका कृषक तथा कृषि उत्पादन संग प्रत्यक्ष र सानिध्य विस्तार हुने ड्ड कृषिमा विशिष्टीकरण हुने र पर्यटनमा सहजीकरण हुने ड्ड नयाँ प्राविधियुक्त कृषिको अवलोकन भ्रमणले कृषकको उत्साह बढ्ने ड्ड गुणस्तरीय उत्पादनको उपभोगमा आकर्षण बढ्ने ड्ड सामाजिक स्तरीयताको वातावरण सृजना हुने ड्ड कृषक र वपर्यटक विच सदभावपूण व्यवहारिक सम्बन्ध स्थापित हुने ड्ड नविन दृष्यावलोकनको आस्वादन हुने ड्ड फर्म स्टे, होम स्टे र होटल स्टेको सुधार भई मौलिक आनन्द प्राप्त हुने ड्ड उत्पादन र प्रशोधनमा प्रत्यक्ष सहभागिताले पर्यटकको सन्तुष्टि बढ्ने ड्ड मौलिक उत्पादन, मौलिक स्वाद, मौलिक बसोबास एवं मौलिक संस्कृतिको विकास हुने ड्ड पर्यटनको क्षेत्र विस्तार भई पर्यटकको संख्या वृद्धि हुने ३. कृषि पर्यटन क्षेत्रविकास र विस्तारमा परिलक्षित उद्धेश्यहरु ड्ड पर्याप्त मात्रामा रोजगारीको सृजना गराउने ड्ड व्यक्तिगत व्यापार बढाई आय आर्जनमा वृद्धि गराउने ड्ड कृषि उपजमा राज्यको परनिर्भरतामा कमि गराउने ड्ड स्थानिय आवश्यकता पूर्णरुपमा पूर्ति गराउने ड्ड चेतना विस्तार गराई कृषि पर्यटनमा युवा आकर्षण बढाउने ड्ड कृषि उत्पादनमा युवा सृजनशिलतको विकास गराउने ड्ड गाउँ देखी समुदाय र मुलुकलाई खाद्यान्नमा आत्म निर्भर गराउने ड्ड विदेश पलायन भएका युवा बल र बुद्धिलाई स्वदेशको कृषि व्यवसायमा आकर्षित गराउने ड्ड अर्गानिक र गुणस्तरीय खाद्य उत्पादनको अभियान संचालन गर्ने ड्ड रासायनिक मल र विषादी विस्थापीत गरी प्राङ्गारिक मल र रसादि स्थापित गराउने ड्ड “रमणीय वातावरण र दर्शनिय कृषिफर्मको पर्यावरण” भन्ने नारालाई चरितार्थ गराउने ड्ड “गाउँ छोडी शहर नजाउँ शहर बनाउँ आफ्नै गाउँ” भन्ने भावनाको विकास हुने ड्ड “आफ्नो गाउँ नमुना बनाउँ, कृषि पर्यटनमा युवाहरुको आकर्षण बढाउँ ” ड्ड नमुना गाउँको रुपमा विकास गरी कृषि पर्यटनका प्रति युवाहरुलाई आकर्षण गराउने ४. कृषि– पर्यटन प्रवद्र्धन तथा विस्तारका अन्य संभावनाहरु ड्ड कृषि– पर्यटन गन्तव्य कार्यक्रमका प्याकेजहरु आह्वान गरेर । ड्ड देशभित्रका व्यवसायीहरु मार्फत् कार्यक्रम संचालन गराएर । ड्ड विदेशमा रहेका गैर आवासीय नेपालीहरुलाई कृषि–पर्यटन प्रवद्र्धन तथा बजार प्रवद्र्धन गर्न गराउन प्रोत्साहन गरेर । ड्ड विभिन्न देशका कृषि व्यवसायीहरु तथा पर्यटनसम्बन्धी काम गर्ने संघसंस्थाहरुसंग समन्वय गरी छलफल तथा सूचना आदानप्रदान गरेर । ड्ड कृषि– पर्यटनबारे बुझेका विज्ञहरुसंग वैचारिक छलफलका साथै सल्लाह सुझाव लिएर । ड्ड कृषि–पर्यटन मेला आयोजना गरी कृषि–पर्यटन प्रवद्र्धन गर्ने सामग्रीहरु प्रदर्शन गरेर । ड्ड छापा तथा विद्युतीय संचारमाध्यमबाट कृषि –पर्यटन संग सम्बन्धित कार्यक्रम लेख रचनाहरु विज्ञापन प्रशारण तथा प्रकाशन गरेर । ड्ड मानिसहरुको बढी आवातजावत हुने ठाउँहरुमा कृषि–पर्यटनसंग सम्बन्धित जानकारीमुलक वोर्ड राखेर, ब्रोसरहरु वितरण तथा सार्वजनिक स्थानहरुमा भिडियोको माध्यमबाट प्रचार गराएर । ड्ड सरकारसंग कृषि–पर्यटन प्रवद्र्धन सम्बन्धी सम्झौता गरेर । ड्ड कृषि–पर्यटन सम्बन्धी मेला सम्मेलन तथा भेटघाटमा जाँदा विभिन्न संघसंस्था तथा मित्रहरुलाई कृषि–पर्यटन संग सम्बन्धित बस्तुहरु उपहार दिएर । ड्ड सम्बन्धित क्षेत्र निकाय तथा पर्यटन वोर्डसंग समन्वय गरेर । ड्ड आवश्यकता अनुसार कृषि–पर्यटन वोर्ड गठन गर्न राज्यसंग समन्वय गरेर । ५. मुख्य राजनीतिक दलहरुको घोषणापत्रमा कृषि र पर्यटन
क) नेपाली कांग्रेस नेपाली कांग्रेसको घोषणापत्रमा नेपालको समृद्धि कृषि, पर्यटन र ऊर्जा विकास अनि औद्योगिक क्रान्ति भन्ने आर्थिक मुद्दालाई उठाएको छ । नेपालको राजनीतिक, आथिर्क, सामाजिक, आधुनिकीकरणको लागि कृषि र पर्यटन उद्योगको विकासलाई आर्थिक क्रान्तिको आधार बनाएर त्यसैको जगमा औद्योगिक क्रान्तिलाई अघि बढाई दश वर्षमा समृद्ध नेपाल निर्माण गर्ने कांग्रेसको सङकल्प छ । चार वर्षको अवधिमा जनतालाई परिवर्तन हुने गरी आर्थिक विकास र समृद्धि दिने वाचा गरेको छ । पाँच वर्षमा वार्षिक औसत आय प्रतिव्यक्ति रु एक लाख, उत्पादन वृद्धि गरी कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान दश प्रतिशत र कृषिमा आश्रित हालको ६८ प्रतिशत जनसङख्यालाई ५५ मा झार्ने लक्ष्य घोषणापत्रले समेटेको छ ।
कृषि तथा सहकारी घोषणापत्रमा भनिएको छ – सहकारी क्षेत्रमा कृषि उत्पादन वृद्धि, कृषि उत्पादनको प्रशोधन तथा बजारीकरण, ग्रामीण बचत परिचालन तथा कर्जा प्रवाहमा सहकारीको भूमिका बढाइने तथा फलफूल, चिया, मह, दूध, आगामी पाँच वर्षभित्रमा नेपाललाई मासु, माछा, दुग्ध–पदार्थ, फलफूल, मह, स्याउ, च्याउ, चिया, कफी, अदुवा र तरकारीको खुद निर्यात मुलुकको रुपमा उभ्याइने छ । कृषि उत्पादनको निर्यात प्रवद्र्धन गर्न गुणस्तर प्रमाणीकरणका लागि काठमाडौं, विराटनगर, वीरगन्ज, भैरहवा र नेपालगन्जमा अत्याधुनिक प्रयोगशाला स्थापनाको सोच छ । बाह्रैमास सिंचाइ हुने कृषियोग्य भूमिको ३६ प्रतिशत अंशलाई बढाएर आगामी पाँच वर्षभित्रमा ५० प्रतिशत भूमिमा वर्षंैभरि सिंचाइ सुविधा पुर्याउन पूर्वाधार बनाउँदै लगिनेछ ।
पर्यटन दश वर्षमा नेपाल आउने बाह्य पर्यटकको सङख्या २५ लाख पुर्याउने, सबै धार्मिक स्थललाई आध्यात्मिक पर्यटनका केन्द्रको रुपमा विकास गर्ने तथा धार्मिक स्थल पूर्वाधार विकास प्राधिकरण खडा गरिनेछ । गाविसलाई ५० हजार दिने आफूले सुरु गरेको कार्यक्रमलाई निरन्तरता दिंदै गरिबसंग विश्वेश्वर, महिला जागृति, आयआर्जनका कार्यक्रम बढाउँदै गाविसको अनुदान रकमलाई रु एक करोडसम्म पुर्याउने भनिएको छ ।
ख) नेकपा एमाले
वैज्ञानिक भूमिसुधार तथा कृषिमा युगान्तकारी रूपान्तरण वैज्ञानिक भूमिसुधार को माध्यमबाट जमिनमाथि किसानहरूको पहुँच सुनिश्चित गर्ने । उत्पादकत्व वृद्धि र जमिनको अधिकाधिक प्रयोगमार्फत् समृद्ध समाजको जग बसाउने । जमिनलाई उपभोगको आधारमा वर्गीकरण गरी भिन्न भिन्न प्रकारको पुर्जा वितरण गर्ने र कृषि जमिन अन्य प्रयोजनमा प्रयोग हुन नदिने । कृषिको समग्र संरक्षणका लागि राज्यले बजेट विनियोजन, अनुदान, पूर्वाधार निर्माण, बीमा, मूल्य व्यवस्थापन र बजार अनुगमन कार्य गर्ने । कृषिको आधुनिकीकरण र व्यावसायीकरणका लागि राज्यले उच्च कृषि प्रविधिको प्रयोग, उन्नत बीउ, सुधारिएको पशु नश्ल र स्वस्थकर पशु आहार विकास गर्ने । राज्यले प्रमाणीकरण गरेको बीउबिजन तथा नश्लबाट बाली एवं पशुपन्छी व्यवसायमा हानी भएमा राज्यले क्षतिपूर्ति दिने । उत्पादकत्व वृद्धि र राज्यसमेतको सहभागितामा वितरण प्रणाली, मूल्य नियन्त्रण र गुणस्तर नियन्त्रणको माध्यमबाट जनताको खाद्य अधिकारको ग्यारेन्टी गर्ने । ग्रामीण पूर्वाधार को विकास, कृषिजन्य साना–मझौला–ठूला उद्योगहरूको प्रवद्र्धन गर्ने । कृषिबजार सूचनाको व्यवस्था गर्ने । भण्डारण र प्रशोधनका लागि सार्वजनिक गोदाम र कोल्ड स्टोरेजको व्यवस्था गर्ने । बिचौलिया व्यापारीबाट हुने एकाधिकार तथा मुनाफाखोरी नियन्त्रण गर्न सहकारीलाई सामाजिक उत्तर दायित्वसहितको वितरण प्रणालीको अभिन्न अङ्ग बनाउने । कम्तीमा तीन चौथाइ जमिनमा नियमित सिंचाइको व्यवस्था गर्ने । नदी, खोलानाला र बगरले ओगटेको हजारौ हेक्टर जमिनलाई मत्स्यपालन, जलमार्ग लगायत बहुउद्देश्यीय प्रयोजनका लागि विकास गर्ने । बहु–उद्देश्यीय वनपैदावरको समेत प्रयोग गरी प्राङ्गारिक मल प्रयोगको बिस्तारबाट जमिनको उर्वरता बढाउने । मलखादमा रहेको परनिरभर्ता अन्त्य गर्ने ।
सांस्कृतिक सहकार्यको संवर्धन ः आन्तरिक र बाह्य पर्यटन प्रवर्धन नेपाललाई जैविक र साँस्कृतिक विविधता, प्राकृतिकसौन्दर्य, जलवायु परिवर्तन र वन सम्पदाको अध्ययनको खुल्ला पुस्तकालयका रूपमा परिचित गराउँदै पर्यटन उद्योगको प्रवद्र्धन गर्ने । सरकार नियन्त्रित आरक्षण क्षेत्र तथा पार्क क्षेत्रहरूलाई पर्यटन गन्तव्यको रूपमा विकास गर्दै जाने । नयाँ टे«किङ रुटको विकास गरी विसं २०७५ सम्ममा वार्षिक २० लाख पर्यटक नेपाल भित्र्याउने । साहसिक, मनोरञ्जन, स्वास्थ्य, खेलकुद र चलचित्र निर्माण आदि विविध विधाका पर्यटनको विकास गर्ने ।
ग) एकिकृत नेकपा माओवादी
“उत्पादन र रोजगारी केन्द्रित दुइ अंकको आर्थिक वृद्धि, १५ वर्षमा आत्मनिर्भरता र समतामूलक सम्वृदि !” कृषि तथा वन, उद्योग÷जलश्रोत÷निर्माण र पर्यटन÷सेवा क्षेत्रहरुको उच्च आर्थिक वृद्विसंगै उत्पादनशील रोजगारीमा व्यापक वृद्वि गरिनेछ । र त्यसमा विद्यमान श्रमशक्तिको अत्यधिक ठूलो हिस्सालाई खपत गरिनेछ । त्यस अतिरिक्त वेरोजगार रहेकाहरुलाई विशेष रोजगारी योजना’ अन्तर्गत रोजगारी प्रदान गरिनेछ । जस अनुसार गरीवीको रेखा मुनि रहेको प्रत्येक परिवारको एक सदस्यलाई १८० दिनको रोजगारीको व्यवस्था गरिनेछ । साथै वर्षमा कम्तिमा ५० हजार युवाहरुलाई स्वरोजगरीको व्यवस्था गरिनेछ । त्यस्तै उत्पादन, पूर्वाधार निर्माण र पर्यटन लगायतका सेवा क्षेत्रमा विशेष कार्यक्रम लगी वर्षेनी थप लाखौँको संख्यामा उत्पादनशील रोजगारी सिर्जना गरिनेछ । यसरी १५ वर्षमा देशमा सवैलाई पूर्ण रोजगारीको व्यवस्था गरिनेछ र वेरोजगारीको अन्त्य गरिनेछ । संक्षेपमा, पूर्ण रोजगारी सहितको आर्थिक वृद्वि नै समतामूलक सम्वृद्विको नयाँ नेपाली अर्थतन्त्रको विकासको मोडेल हो, जुन सम्भव मात्र होइन अनिवार्य र आवश्यक छ । कृषि तथा भूमिसुधार ड्ड कृषिलाई नेपाली अर्थतन्त्रको प्रमुख आधारका रुपमा ग्रहण गर्दै यसको ब्यवसायीकरण र आधुनिकीकरणलाई केन्द्रमा राखेर उपयुक्त कृषि नीति तर्जुमा गरिने छ । परम्परागत निर्वाहमुखी खेती प्रणलीलाई निरुत्साहित गर्दै साना किसानहरुलाई सहकारीमा संगठित भएर ब्यवसायिक खेती गर्न प्रोत्साहित गरिने छ । जमिनलाई महत्वपूर्ण उत्पादनको साधानको रुपमा स्थापित गर्दै बाँझो जमिन राख्न बन्देज लगाइने छ । ड्ड कृषि उत्पादनलाई प्रतिस्पर्धी वनाउन राज्यले विशेष संरक्षण र अनुदानको व्यवस्था गर्ने छ । वैंक र वित्तीय संस्थाहरुवाट ब्यवसायीक खेती, पशुपालन, माछापालन, फलफूल खेतीका लागि २०% कर्जा प्रवाह गर्नु पर्ने ब्यवस्था गरिने छ र ९% भन्दा बढीको ब्याज रकम अनुदानको रुपमा किसानहरुलाई उपलब्ध गराइने छ । ड्ड तुलनात्मक एवं प्रतिस्पर्धात्मक लाभ भएका विशिष्ट, अनुपम तथा उच्च मूल्य, थोरै वजन कम आयतन भएका कृषिजन्य वस्तुहरुको व्यवसायीक उत्पादन गरी निर्यात गर्न अभिप्रेरित गरिनेछ । ड्ड किसानहरुलाई रासायनिक मलको सहज आपूर्ति गर्न देश भित्रै एउटा रासायनिक मल कारखाना स्थापना गर्ने कार्यलाई तीब्रता दिइने छ र कृषि औजार कारखाना संचालनमा ल्याइने छ । जैविक र प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन गरिने छ । ड्ड कृषि उपजहरुको वजार र भण्डारणको लागि कृषि सडक र शीत भण्डारहरुको निर्माणमा विशेष ध्यान दिइनेछ । किसानहरुलाई उनीहरुका उत्पादनको न्यूनतम समर्थन मूल्यको ग्यारेन्टी गरिने छ । कृषि विमा र पशु विमा कार्यक्रमलाई प्रभावकारी ढंगले लागू गरिने छ । ड्ड कृषि पेशालाई आकर्षक र मर्यादित बनाई युवाहरुलाई यसप्रति आकर्षित गर्न कृषि पेशाबाट अवकाश पश्चात सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न किसान र राज्यको संयुक्त योगदानबाट कृषक पेन्सन कोष’को व्यवस्था गरिने छ । ड्ड किसानहरुलाई निःशुल्क र सर्वसुलभ प्राविधिक सेवा उपलब्ध गराइने छ । हरेक गाउँपालिकामा सामुदायिक कृषि सेवा केन्द्र स्थापना गरी वाली प्राविधिक र पशु प्राविधिकको ब्यवस्था गरिने कृषि मजदूरहरुको न्यूनतम ज्याला तोकी समय समयमा अध्यावधिक गरिने छ ।
पर्यटन ऐतिहासिक र धार्मिक पर्यटन स्थलमा भौतिक पूर्वाधारहरुको विकास गरेर ठुलो संख्यामा धार्मिक पर्यटक आकर्षित गर्ने निति लिईने छ । पर्यटनको प्रतिफल गाउँगाउँ सम्म पुर्याउन होमस्टे’ र नयाँ नयाँ टे«किङ रुटहरुको विकासमा विशेष ध्यान दिइने छ । हिमाल आरोहण लगायत पर्यटनवाट हुने आयको कम्तिमा ५० प्रतिशत रकम सम्वन्धित क्षेत्र र जनताको विकासका लागि खर्च गरिने छ । ६. कृषि–पर्यटनको प्रचुर सम्भावित क्षेत्र मध्यको नलाङ्ग
क. विद्यमान संरचनामा कृषि …….. वर्ग मिटर क्षेत्रफलमा रहेको सूगम र बहु संख्यक शिक्षित वर्ग एवं बाहुन, क्षेत्री, गुरुङ्ग, नेवार, तामाङ्ग लगायतका बहुसमुदायको बसोबास रहेको नलाङ्ग गा.वि.स. मा १० हजार २ सय जनसंख्या छ भने मतदाता संख्या ४ हजार ५ सय छ । त्यस्तै घरधुरी संख्या १ हजार ७ सय ५० छ भने कच्चि सडक, सिंचाई आदिको पूर्वाधार विद्यमान हुनुका साथै निम्नानुसारका कृषि फर्महरु छन् ।
ड्ड सिद्धबाबा एग्रिकल्चर्स प्रा.लि..–व्यवसायिक गाईपालन–दुधउत्पादन, तरकारीखेति, माछापालन, मौरीपालन यसको विकास र विस्तारका लागि आवश्यक पूर्वाधार विकासमा सहयोग गर्ने । जसमा चिलिङ भ्याटका लागि अनुदान सहयोग, डुवानीको व्यवस्था, पूर्वाधार निर्माण गाई गोठ–टहरा कम्पाउण्डवाल तारवार, उन्नत नश्लमा अनुदान, माछा पालनमा सहयोग थोपल किनारमा नदी नियन्त्रण समेत, मौरी घारमा अनुदान, घाँसखेतीमा सहयोग आदी । यो क्षेत्रमा घाँसखेती गराउन सके फर्ममा संलग्न मात्र होईन अन्य किसानको समेत आयआर्जनको श्रोत बन्दछ ।
ड्ड तार नलाङमा तरकारी खेती यो क्षेत्र तरकारी उत्पादनको पकेट क्षेत्र बनिसकेको छ । यहाँ अहिले सिमित किसानहरुले मात्र तरकारीखेतीमा लागिरहेको अवस्थामा अरु किसानलाई पनि यसमा प्रोत्साहित गर्नु पर्दछ । यसका लागि यहाँका किसानलाई उन्नत विउ, प्राङ्गारिक मल खरिदमा अनुदान, कृषि प्राविधिकको व्यवस्था गरी उपचारात्मक सेवा विस्तार, तरकारी ढुवानीमा सहयोग लगायतमा सहयोग गर्नु पर्दछ ।
ड्ड पाउलोनिया खेति तार नलाङ्गमा हालसालै सुरु गरिएको पाउलोनिया खेति यस ठाँउमा नयाँ र अनुकरणीय कार्यको रुपमा लिएको छ । आफैमा जि ज्ञासा योग्य धादिङ्ग जिल्लाको नमुना कृषि फर्मको रुपमा लिएको छ । यसको संरक्षण संबद्र्धन गर्न हामी सबैको दायित्व भएको छ । सम्बन्धित निकायले यो नयाँ प्रजातिको काठजन्य विरुवा हुर्काउन आवश्यक आर्थिक, प्राविधिक, नैतिक तथा भौतिक सहयोगको अपेछा राखेको छ ।
ड्ड कफि बगैंचा ठाँटी भञ्ज्याङ नजिकमा लगाइएको कफि बगैंचाले नलाङ कफिको लागि पनि प्रचुर सम्भावना रहेको क्षेत्र पुष्टि गरेको छ । यहाँ अहिले सिमित युवाहरुहरु मात्र कफिखेतीमा लागिरहेको अवस्थामा अरु किसानलाई पनि यसमा प्रोत्साहित गर्नु पर्दछ । यसका लागि यहाँका किसानलाई कफिको विरुवा खरिदमा अनुदान, कृषि प्राविधिकको व्यवस्था गरी उपचारात्मक सेवा विस्तार, सिंचाई, कफि प्रहोधन र ढुवानीमा सहयोग लगायतमा सहयोग गर्नु पर्दछ ।
ड्ड पात्ले गाउँको सुन्तला र नर्सरी यो क्षेत्र सुन्तला उत्पादनको पकेट क्षेत्र र नर्सरी विकास स्थल बनिसकेको छ । यहाँ अहिले सिमित किसानहरुले मात्र सुन्तलाखेतीमा लागिरहेको अवस्थामा अरु किसानलाई पनि यसमा प्रोत्साहित गर्नु पर्दछ । यसका लागि यहाँका किसानलाई सुन्तलाको विरुवा खरिदमा अनुदान, कृषि प्राविधिकको व्यवस्था गरी उपचारात्मक सेवा विस्तार, सुन्तला ढुवानीमा सहयोग लगायतमा सहयोग गर्नु पर्दछ ।
ड्ड अल्टरनेटिभ एग्रो सोलुशन प्रा.लि. सिमित युवाहरुको लगानीमा शुरु भएको व्यवसायिक बाख्रपालन अन्य क्षेत्रको लागि पनि प्रेरणाको श्रोत बनेको छ । यसलाई अझै व्यवस्थित र विस्तार गर्न बहु क्षेत्रमा लगानी गर्ने युवाहरुको चाहानालाई कुनै न कुनैै रुपले सहयोग गर्नु पर्दछ । यहाँ आवातजावत गर्नेहरुका लागि यातायातको सहजता ल्याउन सहगोग गर्न सकिन्छ । फर्मको विकासका लागि उन्नत नश्ल, प्राविधिक सहयोग, पूर्वाधार विकास (डिपिङ ट्याँक) घाँसखेतीमा सहयोग आदी । यो क्षेत्रमा घाँसखेती गराउन सके फर्ममा संलग्न मात्र होईन अन्य किसानको समेत आयआर्जनको श्रोत बन्दछ ।
ड्ड दोभान फेमिलि एग्रिकल्चर्स प्रा.लि. यो स्थान दुई खोलाको बिचमा रहेकाले यहाँ माछा पालन उद्योगका लागि व्यवस्थित क्षेत्रको रुपमा लिन सकिन्छ । बजारका लागि सदरमुकाम धादिङबेसीबाट मात्र १० किलोमिटरमा रहेकाले यसको प्रवद्र्धन गर्न सक्दा आयआर्जनको राम्रो श्रोत विस्तार हुन्छ । यसको अझै विकास र विस्तारका लागि पोखरी निर्माण, माछा भूरा व्यवस्था र ढुवानीमा सहयोग गर्नु पर्दछ ।
ड्ड फलेते र बलम डाँडाँमा सुन्तलाखेती यो क्षेत्र पनि सुन्तला उत्पादनको पकेट क्षेत्र बनिसकेको छ । यहाँ अहिले सिमित किसानहरुले मात्र सुन्तलाखेतीमा लागिरहेको अवस्थामा अरु किसानलाई पनि यसमा प्रोत्साहित गर्नु पर्दछ । यसका लागि यहाँका किसानलाई सुन्तलाको विरुवा खरिदमा अनुदान, कृषि प्राविधिकको व्यवस्था गरी उपचारात्मक सेवा विस्तार, सुन्तला ढुवानीमा सहयोग लगायतमा सहयोग गर्नु पर्दछ ।
ड्ड लप्साङकर्पो एग्रिकल्चर्स प्रा.लि.–व्यवसायिक गाईपालन अर्थात् दुग्ध उत्पादन यसको विकास र विस्तारका लागि आवश्यक पूर्वाधार विकासमा सहयोग गर्ने । जसमा चिलिङ भ्याटका लागि अनुदान सहयोग, डुवानीको व्यवस्था, पूर्वाधार निर्माण (गाई गोठ–टहरा), उन्नत नश्लमा अनुदान, घाँसखेतीमा सहयोग आदी । यो क्षेत्रमा घाँसखेती गराउन सके फर्ममा संलग्न मात्र होईन अन्य किसानको समेत आयआर्जनको श्रोत बन्दछ ।
ड्ड सुन्दरीपानीमा तरकारी खेती यो क्षेत्र पनि तरकारी उत्पादनको पकेट क्षेत्र बनिसकेको छ । यहाँ अहिले सिमित किसानहरुले मात्र तरकारीखेतीमा लागिरहेको अवस्थामा अरु किसानलाई पनि यसमा प्रोत्साहित गर्नु पर्दछ । यसका लागि यहाँका किसानलाई उन्नत विउ, प्राङ्गारिक मल खरिदमा अनुदान, कृषि प्राविधिकको व्यवस्था गरी उपचारात्मक सेवा विस्तार, तरकारी ढुवानीमा सहयोग लगायतमा सहयोग गर्नु पर्दछ ।
ड्ड नयाँबस्ति र अर्चले, बैरेनीमा रेशमखेती यो क्षेत्र रेशमखेतीको पकेट क्षेत्र बनिसकेको छ । यहाँ अहिले सिमित किसानहरुले मात्र रेशमखेतीमा लागिरहेको अवस्थामा अरु किसानलाई पनि यसमा प्रोत्साहित गर्नु पर्दछ । यसका लागि यहाँका किसानलाई किम्बुका विरुवा, प्राङ्गारिक मल खरिदमा अनुदान, किरा पालन गृह, मेसिन, कृषि प्राविधिकको व्यवस्था गरी उपचारात्मक सेवा विस्तार, तरकारी ढुवानीमा सहयोग लगायतमा सहयोग गर्नु पर्दछ ।
ड्ड व्यक्तिगत व्यवसाय आ–आफ्नै घरमा जिविकोपार्जनको लागि व्यक्तिगत तवरले गरिएका कुखुरा पालन, भैसीपालन, गाईपालन, मौरीपालन, बाख्रापालन लगायत पर्याप्त मात्रामा लगाइएका र उत्पादन भएका आँप, लिचि केरा कटहर आदि फलफुलले पुर्णरुपमा आत्म निर्भर छ ।
ख. विद्यमान संरचनामा पर्यटन धादिङ्ग जिल्लाको सबै गा.वि.स. एवं अन्य एक दर्जन भन्दा बढी जिल्लाको समेत अवलोकन गर्न सकिने १६ सय मिटर अग्लो ढेवालेक विविध सांस्कृतिक पक्षहरु सुन्दर घना जङ्गल, मन्दिरहरु , बौद्ध स्तुपा लगायतका देशकै ठुलो संभावना रहेको बुढी गण्डकी हाइड्रो पावर नजिक रहेको नलाङ्ग आफैमा रमणीय पर्यावरणको आलिङ्गनमा छ
ड्ड बैरेनी ठाँटी सडक यो मार्ग नलाङ प्रवेशको मुख्य मार्गको रुपमा रहेको छ । यसलाई स्तरोन्नत्ती गर्न सके बाह्रै महिना यातायातको सुविधा पुर्याउन सकिन्छ । यसले नलाङको झण्डै ४० प्रतिशत क्षेत्रलाई समेट्छ । यो मार्ग भएर सिद्धलेकसम्मको पर्यटकिय क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकहरु आउन सक्छन् । यसका लागि सडक चौडा बनाउने, पानी कटाउन नाली खन्ने र तत्कालका लागि ग्राभेल गर्नु पर्दछ । कालोपत्रे गर्ने योजना प्राथमिकतामा राख्नु पर्दछ ।
ड्ड ठाँटी भञ्ज्याङ यो स्थान नलाङ गाविसको सदरमुकाम हो । यसको विकास र विस्तारमा ध्यान पुर्याउनु जरुरी छ । सहरीकरणको नाममा अव्यवस्थित घरहरु बनिरहेका छन् । यसको सुन्दरता जोगाउन पनि बन्ने घरहरु व्यवस्थित (टाउन प्लानिङको मापदण्डमा) बनाउनु पर्दछ । यहाँ सार्वजनिक सौचालय, सुपथमूल्य पसल सञ्चालनमा ल्याउनु पर्दछ । दिगो आर्थिक श्रोतको रुपमा गेष्ट हाउस सञ्चालन गर्न सकिन्छ । ड्ड सिद्धलेक–सिद्ध मन्दिर यो स्थान धादिङ जिल्लाकै महत्वपूर्ण र धेरै सम्भावना बोकेको पर्यटकिय क्षेत्र हो । यसको विकास, विस्तार र प्रचार गर्न नसक्दा ओझेलमा परेको छ । सिद्धलेकको वन क्षेत्रलाई तारबार बन्देज गरी धेरै किसिमका जंगली जनावर र चराचुरङ्गिको संरक्षण गर्न सकिन्छ । सिद्धबाबाको मन्दिर निर्माण गरी नियमित पूजाआजाको व्यवस्था मिलाउन सक्दा भक्तजनको आवागमनमा विस्तार गर्न सकिन्छ । यहाँ सूर्याेदयदेखि मनोरम दृष्य हेर्न भ्यू टावर निर्माण गर्न सक्ने हो भने आन्तरिक तथा वाह्य पर्यटकहरुको घुइँचो लाग्छ । जसका कारण हाम्रो आम्दानीको श्रोतमा पनि वृद्धि हुन्छ ।
ड्ड श्रीवन नेचर क्याम्प नलाङलाई पर्यटकिय क्षेत्रको रुपमा विस्तार गर्न श्रीवन नेचर क्याम्पको महत्वपूर्ण योगदान छ । अहिलेसम्मको गतिविधिलाई हेर्ने हो भने अन्तराष्ट्रिय पर्यटकदेखि मुलुकका ठूला हस्तिहरु समेत यहाँ आइसकेका छन् । यसको अझै विस्तार गर्न सक्दा यो हाम्रो आर्थिक उपार्जनको विषय बन्न सक्छ । यसले ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सक्छ । यसैका कारण यहाँ विद्यालय, स्वास्थ्य संस्थाहरुमा सुधार आएको छ । यसको प्रत्यक्ष प्रभाव यहिंका नागरिकमा परेको छ । यसलाइृ अझै विकास गर्न पानीको श्रोत व्यवस्थापन, फूल बगैंचा निर्माण, पार्क निर्माण लगायतका क्षेत्रमा लगानी गर्नु पर्दछ । यो नितान्त व्यक्तिको लगानी र आम्दानी भन्दा पनि सबैको गर्वको विषय बनाउन अनुदान सहयोगको व्यवस्था मिलाउनु पर्दछ । ड्ड कन्ट्री प्याराडाइज रीसोर्ट प्रा.लि. स्थानिय रुपमा कफी लगाई गाँउ र मुलुकलाई नै नयाँ सन्देश दिने गरी सुख्खा डाँडाँमा हराभरा कफी बगान र त्यसको बिचमा अत्यन्त रमणीय वातावरणमा रहेको यो रिसोर्ट आफैमा पर्यटकको आकषर्णको केन्द्रविन्दु रहेको छ । यसको विकास एवं विस्तारमा सम्बन्धित निकायको ध्यान पुगोस् र आगामी दिनमा यो रिसोर्टको स्तरोनतीको अपेक्षा गर्दै नमुना रिसोर्टको विकास हुने अपेक्षा गरिएको छ ।
ड्ड मौलिक उत्पादन गाँउमानै हुर्किएको किम्बुको पात खाएर बनेको रेशम किराको कोयाबाट त्यसै गाउँमा बनेको रेशमको सल, कफी डाँडाँमा फलेको कफी, बैरेनीमा उप्तादित गुणस्तरीय मह लगायतका हस्तकलाका सामानहरु प्रसस्त मात्रामा मौलिक उत्पादनको रुपमा रहेका छन् ।
७. कृषि पर्यटन प्रवद्र्धनका लागि स्थानिय स्तरमा गरिनु पर्ने कार्यहरु क. कृषि पर्यटन ड्ड नलाङ्गको आफ्नै मौलिक उत्पादन रेशमको सल, कफी, मह आदि उत्पादन र संरक्षण ड्ड रासायनिक मल र विषादी रहित गुणस्तरीय खाद्य उत्पादनको शुरुवात ड्ड खाद्य आत्मनिर्भर सूव्यवस्थाका लागि कार्ययोजना (एक घर एक कृषि उत्पादन र एक पशु) । ड्ड प्राङ्गारिक मल मुत्रको सूव्यवस्थागरी वितरणको व्यवस्था ड्ड वन तथा वातावरण जोगाउने सहभागितामूलक कार्यका साथ आचरण र व्यवहारमा सूधार ड्ड नलाङ्गबासी जनताबाट बुढी गण्डकी हाइड्रो पावर जाने मार्गको लविङ्ग गर्ने ड्ड चक्रीय कृषि सडक निर्माणमा सहभागिता ड्ड मठ मन्दिर, पाटी पौवा, वन र वन्य जन्तु संरक्षण गर्ने ड्ड स्मृतिपार्क, पिकनिक पार्क र अन्य पार्क निर्माण गर्ने ड्ड पर्व मेला महोत्सव परम्परा र संस्कृति संरक्षण गर्ने ड्ड ब्रोसर निर्माण तथा लेख रचना प्रकाशित गर्ने ८. राज्यपक्षबाट गरिनुपर्ने कार्यहरु क. कृषि तर्फ ड्ड सम्पूर्ण युवा आकर्षित हुने खालको कृषि निति बनाउनु पर्ने ड्ड रेशम खेति विकास कार्यक्रममा रेशम सल निर्माण तालिम मेशिन अनुदान गरिनुपर्ने ड्ड प््रााङ्गारिक मल निर्माण, भकारो सुधार कार्यक्रम र मल मुत्र व्यवस्थापन तालिम अनुदान ड्ड वनजंगलको संरक्षण गरी वनमा चिउरी, कल्की लगायतका, मौरीको चरण विकास कार्यक्रम संचालन गर्नुपर्ने ड्ड कृषिफर्म र कृषिकर्महरु जोड्ने चक्रीय कृषि सडक निर्माण ड्ड कृषिमा प्रोत्साहन स्वरुप अनुदान कार्यक्रम संचालन ड्ड रासायनिक मल विस्थापनको लागि सहयोग ड्ड कृषि–पर्यटनका लागि ०% व्याजमा विनाधितो ५ वर्षका लागि ऋण दिने कार्यक्रम ड्ड पर्याप्त कृषि तालिम, गोष्ठि र भ्रमण आदिको व्यवस्था गर्ने ड्ड प्राचिन कृषकले प्रयोग गरेका कृषि यन्त्र तथा कृषकले प्रयोग गरेका कृषि औजारहरु संकलन गरी एउटा संग्रहालय तथा प्रर्दशन कक्ष निर्माण गर्ने । (कोल, कल, ढिकी, जाँतो, हलो, कोदालो, हँसिया, खुर्पा, तरवार, खुँडा आदि)।
ख. पर्यटन तर्फ ड्ड वुढी गण्डकी हाइड्रोपावरको बाटो निर्माण । ड्ड सिद्धबाबाको मन्दिर निर्माण ड्ड मन्दिर जाने पैदलमार्ग निर्माण ड्ड भ्यूटावर निर्माणका लागि सहयोग ड्ड होम स्टे र फर्मस्टेका लागि पूर्वाधार निर्माण ड्ड प्याराग्लाइडिङ्ग सञ्चालन क्षेत्र निर्माण ड्ड पर्यटक स्वागत तालिम, गोष्ठि तथा भ्रमण आदिको व्यवस्था ।
९.नलाङ्ग गा.वि.स. कृषि–पर्यटन अनुसन्धान क्षेत्र विकास लागत धादिङ्ग जिल्लाको नलाङ्ग गा.वि.स.मा कृषि–पर्यटनको प्रचुर सम्भावना र कृषि उपजको उर्वर भूमी भएको कुरा अध्ययनले देखाएको छ । निजी तवरले सञ्चालन भएका पशुपालन, माछापालन, मौरीपालन, अर्गानिक खेती, फलफुल तथा केराखेती, कफीखेती, पाउलोनिया खेती आदि कृषियोग्य बस्तुको उत्पादन व्यवसायिक रुपमा सञ्चालन भइरहेको छ । साथै कृषि पर्यटनका लागि भौगोलिक सुन्दरता, १६०० मि. अग्लो ढेवालेक डाँडो जसबाट धादिङ्गका ४९ गा.वि.स. र अन्य एक दर्जन भन्दा बढी जिल्लाको अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता, घना वनजङ्गगल, मठमन्दिर, स्तुपा, कच्ची चक्रीयसडक, पहिचान झल्कने संस्कृति भएका नेवार, गुरुङ्ग, मगर, तामाङ लगायत अन्य जातिको बसोबास छ । करिब १७५० घरधुरी भएको नलाङ, कृषिको उर्वर र धादिङ्ग जिल्लाकै नमुना कृषि–पर्यटन क्षेत्र तथा नमुना गाउँ बन्ने सम्भावना छ । रोजगारी विस्तार, जीवनस्तरमा वृद्धि, हुनुका साथै कृषि–पर्यटन क्षेत्रको रुपमा विस्तार गर्न सकिने भएकाले, कृषिको विकास कृषि–पर्यटन क्षेत्रको विकास र नमुना गा.वि.स.को रुपमा विकास गर्न सम्बन्धीत निकायबाट सहयोगको अपेक्षा गर्दै निम्नानुसार खर्च अनुमान गएिको छ ।
क. कृषितर्फ लगानी गनुपर्ने १. एक घर एक कृषि उत्पादन कार्यक्रम रु. १५,००,०००।– २. एक घर एक पशुपालन कार्यक्रम रु. २०,००,०००।– ३. दुध संकलन र प्रशोधन (डेरी स्थापना) रु. २५,००,०००।– ४. कृषिजन्य पदार्थ संकलन र प्रशोधन भवन निर्माण रु. १५,००,०००।– ५. अर्गानिक खेती सुधार कार्यक्रम रकम रु. १५,००,०००।– ६. परिकार निर्माण तालिम रकम रु. १०,००,०००।– ७. रेशम खेती तथा सल निर्माण मेसिन रकम रु. १५,००,०००।– ८. मलमुत्र व्यवस्थापनको लागि रकम रु. १५,००,०००।– ९. मौरी पालन तथा चरण विकासको लागि रकम रु. १०,००,०००।– १०.संग्रहालय तथा प्रदर्शन कक्ष लागत रकम रु. ५०,००,०००।– ११. चक्रीय कृषि सडक निर्माण रकम रु. १,२५,००,०००।–
ख. पर्यटनतर्फ लगानी गनुपर्ने १. सिद्धबाबाको मन्दिर तथा मूर्ति निर्माण अन्दाजी रकम रु. १५,००,०००।– २. पैदल मार्ग निर्माण अन्दाजी ३ कि.मि. रकम रु. १०,००,०००।– ३. सिद्धालेक तथा ढेवालेक टावर निर्माण रकम रु. १५,००,०००।– ४. होम स्टेका लागि पूर्वाधार व्यवस्थापन रकम रु. १०,००,०००।– ५. प्याराग्लाडिङको सञ्चालन क्षेत्र निर्मार्ण रकम रु. १०,००,०००।– ६. पर्यटन व्यवस्थापन तालिम रकम रु. १०,००,०००।– ७. बुढी गण्डकी हाइड्रोपावर जोड्ने बाटो निर्माण रु. १,५०,००,०००।– ८. चिनो उपहार आदिको घरेलु उत्पादन सहयोग रु. १०,००,०००।– ९. ाबचmभचक ाष्भमि कअजयय िस्थापना रु. ५०,००,०००।– जम्मा रु. ५,९५,००,०००।–
संयोजक कृषि–पर्यटन क्षेत्र विकास समिति नलाङ्ग, धादिङ्ग ९८५१०७५६४०