केशव अधिकारी कफिडांडा (धादिङ),६ असार – केही बर्ष अघि सम्म उजाड देखिने धादिङको नलाङ गाविसको वडा नम्बर ४ र ५ को सुख्खाडांडाहरुमा हिजोआज हरीयाली छाउन थालेको छ । हरीयालीले ढाक्दै गएको त्यहि सुख्खा डांडोलाई यहांका वासिन्दाले कफिडांडाको उपमा दिएका छन । धादिङको नलाङ गाविसलाई देशकै ठुृलो पर्यापर्यटन क्षेत्र वनाउन यहांका स्थानीय सक्रिय भएका छन । जिल्लाकै नमुना पर्यापर्यटन क्षेत्रको रुपमा विकास गर्न यहांका किसानले परम्परागत खेतीवालीका साथै व्यवसायिक फलफूल,तरकारी,पशुपालनमा लगानी वढाएका छन ।
केही बर्ष अघि सम्म सुन्तला,मौरीपालन र तरकारी खेतीका लागि चिनिंदै आएको नलाङ गाविसमा व्यवसायिक कृषि प्रवद्र्धन अन्र्तगत, गाई , वाखा्र तथा माछा,मौरी पालन, व्यवसायिक तरकारी, कफि तथा सुन्तलाखेती लगायतका क्षेत्रमा किसानहरुको लगानी बढ्दै जान थालेको छ । देशकै नमुना कफी वगैंचा स्थापना गर्न नलाङ गाविसको वडा नम्बर ४ र ५ मा करिव ३ सय रोपनी जमिनमा कफि खेती शुरु गरिएको छ । कफी खेतीलाई व्यवासायिक वनाउने लक्ष्यका साथ हिमालय अनटप अर्गानिक कफि स्टेट प्रा.लि. कम्पनी खोलेर स्थानीय भरत रेग्मी लगायत पांच जना युवा उद्यमीहरु लागेका हुन । नलाङ गाविसको वडा नम्बर ४ र ५ मा पर्ने कफिडांडामा अहिले सम्म २१ हजार कफिको बिरुवा रोपिसकेको र अवको एक वर्षमा थप ३५ हजार विरुवा रोप्ने तयारी भईरहेको कम्पनीका प्रवन्ध निर्देशक भरत रेग्मी बताउंछन । जिल्लाका विभिन्न स्थानमा व्यवासयिक रुपमा कफी खेती हुंदै आईरहेको भएपनि नलाङमा भने एकै स्थानमा ५० हजार भन्दा वढी कफिको बिरुवा रोपेर नमुना कफी वगैंचा निर्माण गर्न लागिएको हो । कम्पनी मार्फत व्यवसायिक कफी खेती गर्दै आईरहेको हिमालयन अन टप अर्गानिक कफीले नलाङ गाविसका अधिकांश गाउंमा व्यवसायिक कफी खेतीका लागि किसानहरुलाई बिरुवा उपलव्ध गराउनुका साथै खेती गर्ने तरिका,वोटमा लाग्ने रोग नियन्त्रण,कफीको बगैंचा व्यवस्थापन लगायतका बिषयमा जानकारी दिन थालेपछि यहाँका किसानहरुमा कफी खेतीप्रतिको उत्साह थप बृद्धि हुन पुगेको कृषि पर्यटन क्षेत्र विकास समिति नलाङका अध्यक्ष वद्रीप्रसाद अर्यालले वताउनुभयो । बर्षौ देखि सुन्तला,मौरीपालन र तरकारी खेती गरेर आयआर्जन गर्दै आइरहेका नलाङका किसानहरु पछिल्लो समय कफि खेतीका साथै कृषि र पशुपालनका अन्य क्षेत्रमा आकर्षित हुन थालेका हुन् । परम्परागत खेतीवालीले भन्दा कफि र व्यवसायिक खेतीले बढी आम्दानी दिने भएपछि यहाँका किसानहरु व्यवसायिक खेती तर्फ लागेका छन् । कफिका लागि तुसारो कम पर्ने, छहारीदार वातावरण, हलुका माटो, आंशिक प्रकासको आवश्यकता पर्ने भएकाले नलाङका अधिकांश बस्ति उपयुक्त स्थानका रुपमा रहेको किसानहरुको बुझाई छ । दुई बर्ष अघि देखि व्यवसायिक कफि खेतीमा लागेको हिमालयन अन टप अर्गानिक कफीले आफ्नै उत्पादनवाट यो बर्ष ४ सय किलो र गाउंलेहरुवाट किनेको २ सय किलो गरी ६ सय किलो कफि बिक्री गरेको कम्पनीका प्रवन्ध निर्देशक रेग्मीले जानकारी दिनुभयो । भिरालो र ओसेपमा अधिक मात्रामा फस्टाउने कफि खेतीका लागि नलाङ गाविसको हावापानी निकै उपयुक्त रहेकाले यसवाट गाउंका किसानहरुले व्यवसायिक रुपमा कफि खेती गरेर आम्दानी लिन सक्ने रेग्मीको सुझाव छ । उहाँका अनुसार किसानले उत्पादन गरेर ल्याएको कफीको दाना प्रति किलो ४० रुपैयाँमा कम्पनीले खरिद गरी प्रशोधन गरेर बिक्री गर्दै आईरहेको छ । कफीको बजारीकरणका लागि जिल्लामा रहेका सरकारी निकायले चासो नदेखाएपनि कफि खेतीवाट जिल्लाले प्रशस्त आम्दानी लिन सक्ने कृषि पर्यटन क्षेत्र विकास समिति नलाङका अध्यक्ष अर्याल बताउनुहुन्छ । नलाङमा गाईपालन, बाख्रापालन, मौरीपालनका साथै कफि,सुन्तला र तरकारी खेतीका लागि निकै उपयुक्त स्थान रहेको र अहिले सम्म व्यवसायिक उत्पादनका लागि गाविस भित्र स्थापना गरिएको फार्महरुमा १३ करोडको लगानी भईसकेको समितिका अध्यक्ष अर्यालले वताउनुभयो ।