शिक्षा/स्वास्थ्य

गोगनपानी गाविसलाई साक्षर गाविस घोषणा

By Dhadingnews.com

June 23, 2014

गोगनपानी-गोगनपानी गाविसलाई सोमवार देखि साक्षर गाविस घोषणा गरिएको छ । गाउं शिक्षा समिति गोगनपानी,गोगनपानी गाविसको कार्यालय ,जिल्ला विकास समिति धादिङ र चन्द्र ज्योती एकीकृत ग्रामीण विकास समाज सिर्डस धादिङको संयुक्त आयोजनामा सोमवार एक कार्यक्रमको आयोजना गरी गोगनपानी गाविसलाई साक्षर गाविस घोषणा गरिएको हो । गाविसलाई साक्षर घोषणा गर्न आयोजना गरिएको कार्यक्रम गोगनपानी गाविसका सचिव एवम गोगनपानी गाउं शिक्षा समितिका संयोजक पुण्यप्रसाद नेपालको अध्यक्षतामा सम्पन्न भएको हो । स्थानीय विकास अधिकारी एवम जिल्ला शिक्षा समिति धादिङका संयोजक रुद्रसिंह तामाङको प्रमुख आतिथ्यमा भएको गोगनपानी गाविस साक्षर घोषणा कार्यक्रममा गोगनपानी गाविसका राजनैतिक दलका प्रतिनिधि, वडा नागरिक मञ्चका प्रतिनिधि,विभिन्न सामाजिक सस्थाका प्रतिनिधि,संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा साक्षरता कक्षा कार्यक्रमका स्वयंसेवकहरुलाई प्रसंशा पत्र वितरण गरिएको थियो ।