कला /साहित्य /संस्कृति

गज़ल

By Dhadingnews.com

June 26, 2014

बसौं न ज्वाई चकटिमा राडी किन्छु अर्को वर्ष दहि दुध घिउ ख्वाउँला पाडी किन्छु अर्को बर्ष भोकै पेट आउनु भाछ खान-पिन गरौँ क्यारे मकै भुटी टक्र्याउने छु हाँडी किन्छु अर्को बर्ष बजारको चिज बिज खासै उचित हुन्न अचेल काँक्रा केरा फलाउनेछु झाडी किन्छु अर्को बर्ष 

यस्तै छ ज्वाई दुख-सुख टार्टुरमै चल्दै गा’छ  थैली भर्छु अनि माड-बाडी किन्छु अर्को बर्ष 

यस्पाली त ससुराले दौरा सुरुवाल सिलाएछन्  कुरा थप्दै सासु भन्छिन् साडी किन्छु अर्को बर्ष 

सासुरा चै गफाडी थे अन्तिममा उनि बोले  आउदा कस्ट भयो होला गाडी किन्छु अर्को वर्ष  

-प्रकाश अर्याल “चुकुप्रकाश ” Nalang 7 Baireni , Dhading 

हाल : Samalkha, India  कुरुक्षेत्र विश्वविद्यालय