हाम्रो पालिका

हावाहुरीले छानो उडाईदिएपछि मैदीको पिपलटार निमाविमा समस्या

By Dhadingnews.com

July 01, 2014

मैदी–हावाहुरीले बिद्यालय भवनको छानो उडाईदिएपछि धादिङको मैदी गाविसको पिपलटारमा रहेको पिपलटार निमाविको पठन पाठन प्रभावित हुन पुगेको छ । बिद्यालयको पांच कोठे भवनको जस्ताको छानो जेठ २८ गते बेलुकीपख आएको हावाहुरीले उडाएर क्षती पुर्याएको बिद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद दहालले वताउनु भयो । यस बिद्यालयमा अधिकांश कुमाल वालवालिका अध्ययनरत छन । बिद्यालयको छानो हावाले उडाईदिएपछि कक्षा कोठामा राखेर पढाउन समेत समस्या भएको बिद्यालयले जनाएको छ । जस्तापाता किनेर छाउनका लागि बिद्यालयसंग कुनै श्रोत नभएपछि सहयोगका लागि जिल्ला विकास समिति र जिल्ला शिक्षा कार्यालयमा धाएपनि केही सहयोग पाउन नसकेकाले बर्षाको कारण बिद्यालय भवन भत्कने सम्भावना वढ्दै गएको भन्दै सहयोगका लागि प्रधानाध्यापक दहालले आग्रह गर्नुभएको छ । बिद्यालयमा अहिले २ सय ६३ जना बिद्यार्थी अध्ययनरत रहेका छन ।