हाम्रो पालिका

पुर्व विद्यार्थीद्वारा विद्यालयलाइ ल्यापटप प्रदान

By Dhadingnews.com

July 02, 2014

, धादिङ १८,असार – धादिङको नीलकण्ठ नगरपालीका वडा नं १० स्थित चण्डेश्वरी उच्च मा विका पुर्व विद्यार्थी डाक्टर कल्पना दुवाडी आचार्यले आज विद्यालयलाइ तीन थान ल्यापटप उपलव्ध

गराउनुएको छ ।

हाल अमेरिकाको वेल्स्ले युनिभर्सिटीमा मस्तिष्क विज्ञानमा रिसर्च गरिररहनुभएकी आचार्यले सोही युनिभर्सिटीकै सहयोगमा विद्यालयलाइ ल्यापटप उपलव्ध गराउनुभएको हो । आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरि विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, अभिभावकहरु र शिक्षकहरुको को उपस्थितिमा विद्यालय व्यवस्थापन समितिका पुर्व सदस्य सुर्यमान वराइलीलाइ कम्प्युटर हस्तारतण गुर्नभएको हो । शैक्षिक गुणस्तर सुधारको निमित्त विद्यालयले कम्प्युटर शिक्षाको सुरुवात गरिरहैकै वेला विद्यालयलाइ ल्यापटप प्राप्त हुनु सुखद कुरा वताउदै यो सहयोगले विद्यालयवाट प्रदान गरिने कम्प्युटर शिक्षालाइ थप प्रभावकारी वनाउने विद्यालयका प्रधानाध्यापक युवराज रेग्मीले वताउनुभयो । चण्डेश्वरी उच्च मा वि वाट औपचारिक शिक्षाको सुरुवात गर्नुभएकी आचार्यले अमेरिकाको केन्ट स्टेट युनिभर्सिटीवाट मस्तिष्क विज्ञानमा विद्यावारीधि गरी अहिले वेल्स्ले युनिभर्सिमा मस्तिष्क विज्ञानमै रिसर्च गरिररहनुभएको छ ।