कृषि/पशुपालन /सहकारी

किसानलाई आई.पी.एम बजारीकरण सम्बन्धी गोष्ठि

By Dhadingnews.com

July 03, 2014

धादिङ÷ रासायनिक विषादीहरुको प्रयोग न्युनिकरण गरी स्वस्थ कृषिजन्यवस्तु उत्पादन गर्न अभिप्रेरित गारउने उद्धेश्यले सञ्चालन गरिएको आई.पी.एम बजारीकरण सम्बन्धी एक दिने गोष्ठी विहीवार धादिङबेसीमा सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय धादिङलको आयोजनामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले व्यवसायिक रुपमा तरकारी उत्पादन गर्दै आईरहेका किसानहरुले तरकारी बालीहरुमा विषादी प्रयोग गर्न कम गर्दे गएको र किसानहरुमा निकै परिवर्तन आएको बताएका थिए् । त्यसैगरी नेपाल भरमै बढी मात्रामा विषादी प्रयोग गर्ने जिल्लामा धादिङ र काभे्र भएकोले अब धादिङका कृषि जन्य उत्पादनलाइ स्वस्थ बनाउन लागि पर्नु पर्नेमा जोड दिएका दिए । यसै गरी किसानहरुले तरकारी बालीमा विषदीको प्रयोग गर्दा लाखौं मानिसहरुको ज्यान गई सकेकोले किसानहरुलाई कुनै पनि हालतमा विषादी प्रयोग नगर्न जिल्ला कृषि विकास कार्यालय धादिङले आग्रह गरेको छ । जिल्ला कृषि विकास कार्यालय धादिङका बरिष्ठ कृषि विकास अधिकृत होम राज विष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आई.पी.एम का क्ष्ोत्रिय अध्यक्ष भगवती पौड्ल, साना किसान कृषि सहकारी संघका प्रवन्धक प्रकाश ढकाल, आई.पी.एम का सहजकर्ता मनकला थपलिया, उद्योग बाणिज्य संघ धादिङका शालिकराम दुवाडी, खाद्य सुरक्षा जिल्ला सञ्जाल धादिङका बेध बहादुर खाँण, नेपाल कृषक महासंघका उपाध्यक्ष भक्त बहादुर बस्नेत, विभिन्न गााविसका किसानहरु लगायत सञ्चारकर्मीको सहभागिता रहेको थियो । कार्यक्रममा २७ वटा आइ पि एम कृषक समुहबाट ११ जनाको स्थानिय समिति निर्माण गर्ने र पदाधिकारी पछि छान्ने निर्णय गरियो ।