हाम्रो पालिका

स्थानिय निकाय निर्वाचन कार्यविधि सम्वन्धि छलफल

By Dhadingnews.com

July 07, 2014

            अन्तक्र्रिया कार्यक्रममा बोल्नु हुँर्दै जिल्ला निर्वाचन कार्यालय धादिङका टेकराज पन्थीले आजको २१ औ युगको लोकतन्त्रमा आएर निर्वाचन बिना कुनै पनि काम गर्न नसकिने बताउनु भयो । लोकतन्त्रलाई संस्थागत रुपमा लैजानु गाँउ स्तरबाट प्रतिनिधि छनोट गरी लोकतन्त्रलाई मजबुत बताउनु पर्नेमा पनि उहांले जोड दिनु भयो । यसै गरी स्थानीय निकाय निर्वाचनमा अब बन्ने नयाँ संबिधान सभामा अपाङगताहरुको हक अधिकारहरुलाई पनि समेटेर लैजानु पर्ने बताएका छन् ।  संबिधान सभामा बनेको विधेयक र मस्यौदाहरु उपयुक्त छन् कि छैन् भनी धादिङ लगायत ४५ जिल्लाहरुमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आई रहेको ओमन एक्टका  लामाले जानकारी दिनु भयो । युवा अभियान नेपाल धादिङका अध्यक्ष विनोद रिजालकोे अध्यक्षतामा भएको  कार्यक्रममा नेपाली काङग्रेस धादिङका प्रतिनिधि शिवराज गिरी, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक बासुदेव थापा, ,जिल्ला निर्वाचन कार्यालय धादिङका टेकराज पन्थी, महिला सेवा समिति धादिङका प्रतिनिधि,विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरु लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

धादिङ–स्थानिय निकाय निर्वाचन कार्यविधि ऐन २०४८ को संशोधन गर्न बनेको बिधेयक मस्यौदा २०७० सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सोमवार धादिङबेसीमा सम्पन्न भएको छ । स्थानीय निकाय निर्वाचनमा आम नागरिकहरुबाट आएका सुझावलाई संक्षिप्त रुपमा संकलन गर्ने मुख्य उद्धेश्यले  कार्यक्रमको आयोजना गरिएको हो । ओमन एक्टको सहयोगमा युवा अभियान नेपाल धादिङले आयोजना गरेको कार्यक्रममा ओमन एक्टका सहजकर्ता अन्जु केसी र धन लामाले स्थानीय निकाय निवार्चन सम्बन्धी कार्यक्रम गर्नुको मुख्य उद्धेश्यहरु, स्थानीय निर्वाचन सम्बन्धी कानुनी ब्यबस्थाहरु, नेपालको अन्तरिम संविधान २०६३, मततादा नामावली सम्बन्धी ऐन २०६३, स्थानीय स्वायत्त शासन ऐन २०५५, विधेयकका मुख्य ब्यबस्थाहरु र स्थानीय निकायको बर्तमान अबस्थाहरुको बारेमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।