पर्यटन

रेडियो धादिङको कृषि चौतारी कार्यक्रम पुरस्कृत

By Dhadingnews.com

July 08, 2014

धादिङ,- धादिङको सदरमुकाम धादिङबेसीवाट संचालित रेडियो धादिङवाट दैनिक प्रसारण भईरहेको कृषि चौतारी कार्यक्रम पुरस्कृत हुने भएको छ । मध्यमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयले आर्थिक चालु आर्थिक बर्षमा रेडियो धादिङवाट प्रशारित कृषि चौतारी कार्यक्रमलाई उत्कृष्ठ ठहर गर्दै पुरस्कृत गर्ने निर्णय गरेको हो । किसानका समस्या, खेतीवालीमा भित्रिएका नयां प्रविधि,किसानको अनुभव लगायतका बिषयलाई समेटेर रेडियो स्थापना देखि दैनिक रुपमा प्रशारण हुंदै आईरहेको कृषि चौतारी कार्यक्रमलाई देशभरीकै सामुदायिक रेडियोहरु मध्येवाट उत्कृष्ठ भएकोभन्दै पुरस्कृत गरिएको रेडियो धादिङले जनाएको छ । रेडियोवाट प्रसारित कार्यक्रम पुरस्कृत भएको खवर पाए लगत्तै रेडियोका स्टेशन म्यानेजर राजाराम शर्माले एक बिज्ञप्ति जारी गर्दै कार्यक्रम उत्पादन, प्रशारणमा संलग्न रेडियोकर्मी,बिशेषज्ञ टोली,जिल्ला कृषि विकास कार्यालय मध्यमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय लगायतलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।