राष्ट्रिय समाचार

असारसाउनमा जिल्ला नछोड्न सीडीओलाई निर्देशन

By Dhadingnews.com

July 08, 2014

काठमाडौं : सरकारले वर्षापछि आउन सक्ने प्राकृतिक प्रकोपलार्इ ध्यानमा राख्दै सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलार्इ जिल्ला नछोड्न निर्देशन दिएको छ। वर्षापछि आउनसक्ने प्राकृतिक प्रकोपलाई ध्यान दिदै विशेष उद्दार तथा सुरक्षा तयारी पनि गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालका अनुसार लगातारको वर्षाले आउन सक्ने बाढी पहिरोबाट धेरै क्षति हुन नदिन गृह मन्त्रालयले देशैभरीका जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा आपतकालिन उद्दार योजना बनाएको हो। उनले घटनामा उद्धारका लागि सबै सुरक्षा निकाय तयारी अवस्थामा राखिएको बताए। त्यस्तै सरकारले हरेक जिल्लामा कम्तिमा तीन लाख रुपैयां प्राकृतिक प्रकोपको उद्धार तथा सहयोगका लागि तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

हरेक जिल्लाको दैवीप्रकोप उद्दार समितिलाई निरन्तर बैठक राखेर छलफल गर्न तथा बाढी पहिरोको पूर्व सूचना दिने संयन्त्रहरूलाई चुस्त राख्‍न त्यसका सन्देश समयमै प्रवाह गर्ने बारेमा ध्यान दिन अनुरोध गरेको छ। नेपालमा करिव तीनसाता अघि भित्रिएको मनसुनी वर्षा क्रमश: सक्रिय हुँदैछ। मनसुनका तीन महिनामा नेपालमा धेरै वर्षा हुँदा प्राकृतिक प्रकोपको खतरा पनि बढी हुन्छ।

अन्नपूर्ण |