मुख्य समाचार

न्याय खोज्दा  अन्याय सहन वाध्य एकल महिलालाई सहयोग

By Dhadingnews.com

July 09, 2014

ढोला– फरक राजनैतिक दलको चुनाव चिन्हमा मतदान दिएको भन्दै आफन्तवाटै वलत्कृत हुन पुगेपछि न्यायको खोजीमा लागेकी ढोला सिम्खडा गाउंकी एकल महिलालाई अधिकारकर्मीसंस्थाहरुले आर्थिक सहयोग प्रदान गरेका छन । आंपुमाथि अन्याय भएपछि न्यायकोखोजीमा लागेकी ति एकल महिलालाई गाउंको घटना सार्वजनिक गरेर आफन्त बिरुद्ध मुद्धा दिएको भन्दै सिम्खडा सेवा समितिले कुलपुजा गर्नवाट बञ्चित गराउनुका साथै आठ दिन सासुको मृत्यु हुंदा छिमेकीहरुले मलामी जान समेत गाउंलेलाई छेकेवार गरेर अवरोध पुर्याएका छन । उनि माथि अनैतिक कार्य गरेको आरोप लागेका सद्यिन्प सिम्खडा घटना लगत्तै फरार रहेका छन । सन्दिप नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता समेत हुन । आंफुलाई अन्याय गर्ने सन्दिप बिरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता गरेर न्यायको पक्षमा उभिएकी एकल महिलालाई सात महिनादेखि गाउंलेले एक पछि अर्को अन्याय गर्दै आईरहेका छन । आरोपि फरार रहेकाले मुद्धा मुल्तवीमा राखिएको जिल्ला अदालतका श्रेस्तेदार राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । न्यायको लागि आवाज उठाएकै कारण एकल महिलालाई स्थानीय वालज्योती प्रा.वि.ले ७ बर्ष देखि खाईरहेको कार्यालय सहयोगी पदको जागिरवाट निकालेको थियो । २०६५ सालमा पतिकोमृत्यु भएपछि दुई छोरा छोरी र सासुको पालन पोषणका लागि खर्च जुटाउन उनले बिद्यालयको पियन पदमा काम गर्दै आईरहेकी थिइन । आठ दिन अघि सासुको मृत्यु हुंदा समेत आफन्त भनिने छिमेकीहरुले मलामी जान समेत नदिएर गाउंलेलाई बिच वाटोवाटै फर्काइदिएपछि सिमित व्यक्तिले मृतकको लास घाटमा पुर्याएर सदगत गराएका थिए । मुद्धा फिर्ता लिनका लागि दवाव दिंदै आएका आफन्तहरुले नै सासुको मृत्यु हुंदा ८ बर्ष अघि देखि पुज्दै आएको पुरोहित स्थानेश्वर अर्याललाई समेत क्रिया नगराउन धम्की दिएपछि अर्यालले अन्तिम कर्म गरिदिन नमानेपछि अर्कै गाउंवाट पुरोहित झिकाएर सासुको क्रिया गराउनुपरेको पिडित महिलाको भनाई छ । आंपु माथि अन्याय गर्ने अपराधीलाई कारवाही नगरिदिन गाउंलेवाट आएको दवावमा परेर मुद्धा फिर्ता नलिएपछि पटक पटक अन्याय हुनुका साथै भरोपर्म,सरसापटी समेत रोकेर नाकावन्दीको अवस्थामा पुर्याएको भन्दै एकल महिलाले सहयोगका लागि याचना गरेकी छिन । स्थानीय बिद्यालयका शिक्षक , पुर्व शिक्षकदेखि सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष पदको जिम्मेवारीमा रहेका व्यक्तिहरु समेत मिलि एकल महिला माथि मानसिक यातना दिने काम भईरहेको पिडितको भनाई छ । यसै बिच धादिङका अधिकारकर्मि महिलाहरुको पहलमा मंगलवार पिडित महिलाको घरमै पसगि १९ हजार रुश्रपैया आर्थिक सहयोग गरिएको छ । इन्सेक,ओरेक नेपाल रसहयात्री समाजको पहलमा उक्त रकम पिडित महिलालाई प्रदान गरिएको हो ।