हाम्रो पालिका

सिंचाई आयोजनाले चालिस वस्ती खुसियाली

By Dhadingnews.com

July 10, 2014

धादिङ –जिल्लाको विकट रहेको  सेर्तुङ गाँउ विकास समिति स्थित वडा नं ४ चालिस वस्तिमा घट्टेखोला सिंचाई आयोजना सञ्चालन हुने भएको छ । उक्त आयोजनाबाट चालिस गाँऊ स्थित दलित उत्थान सामुदायिक संस्था,माइथान सामुदायिक संस्था र देविथान सामुदायिक संस्था गरी १०७ घर धुरी प्रत्यक्ष लाभान्वित हिुने पाइएको छ । उक्त आयोजना सम्पन्न गर्नको लागी गरिवी निवारण कोष बाट रु ९०७४२४ रुपैया संझौता भइसकेको छ । उक्त आयोजना सम्पन्न २०७१÷७२ समय अवधि लाग्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका कार्यक्रम संयोजक सावित्री थापा मगर ले जानकारी दिनु भएको छ । सडक सुविधा नपुगेको सेर्तुङ गाविसमा अन्य पुर्वाधार समेत पुग्न सकेको छैन । सिंचाईका लागि निर्माण गर्न लागिएको कुलो वाटो स्थानीय समुदायको जिवनस्तर उकास्न मद्धत पुग्ने विश्वास गरिएको छ ।