मुख्य समाचार

एमालेको केन्द्रिय समितिमा धादिङका १२ जनाको उम्मेदवारी

By Dhadingnews.com

July 10, 2014

धादिङ-काठमाण्डौंको भृकुटी मण्डपमा जारी रहेको नेकपा एमालेको नवौं महाधिवेशनका लागि धादिङ जिल्लाका १२ जनाले उम्मेदवारी घोषणा गरेका छन । यसरी उम्मेदवारी घोषणा गर्नेहरुमा गजुरीका राजेन्द्र पाण्डे उपाध्यक्ष र सुरेन्द्र पाण्डे महासचिव,वेनिघाटका डाक्टर पुष्प कंडेल केन्द्रिय लेखा आयोगको अध्यक्ष,कल्लेरीका गंगालाल तुलाधर केन्द्रिय सदस्य ( पूर्ण तर्फ),भुमेस्थानका बलराम बांस्कोटा केन्द्रिय सदस्य (खुल्लातर्फ) र सावित्री भुसाल महिला तर्फवाट पुर्ण केन्द्रिय सदस्य, ढोलाकी जानुका सिम्खडा महिला तर्फवाट पुर्ण केन्द्रिय सदस्य,चैनपुरका खेम लोहनी र गुरुप्रसाद वुर्लाकोटी बैकल्पिक केन्द्रिय सदस्य पदको उम्मेदवार वन्नु भएको छ ।

त्यसैगरी धुंवाकोटका डाक्टर रामकुमार अधिकारी अनुशासन आयोगको सदस्य,वेनिघाटका मिनराज कंडेल र खाल्टेका चन्द्र रिजाल केन्द्रिय लेखा आयोगको सदस्य पदको उम्मेदवार वन्नु भएको छ ।

उपाध्यक्ष पदका उम्मेदवार राजेन्द्र पाण्डे र महासचिव पदका उम्मेदवार सुरेन्द्र पाण्डे दाजुभाई हुनुहुन्छ । राजेन्द्र धादिङ क्षेत्र नम्बर ३ वाट र सुरेन्द्र चितवन क्षेत्र नम्बर १ वाट संविधान सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । खुल्ला तर्फका केन्द्रिय सदस्य उम्मेदवार वलराम वांस्कोटा र महिला तर्फवाट पुर्ण केन्द्रिय सदस्यपदका उम्मेदवार वन्नु भएका सावित्री भुसाल श्रीमान श्रीमती हुनुहुन्छ ।

वास्कोटा किसान क्षेत्रवाट र भुसाल महिला क्षेत्रवाट राजनितिमा सक्रिय हुनुहुन्छ । राजेन्द्र पाण्डे,सुरेन्द्र पाण्डे, गंगालाल तुलाधर र डाक्टर पुष्प कंडेल निवर्तमान केन्द्रिय समितिको पोलिटव्युरो सदस्य हुन भने अन्य उम्मेदवार भने केन्द्रिय समितिका लागि नयाँ अनुहार हुन ।

उम्मेदवार वनेका मध्ये डाक्टर पुष्प कंडेल, वलराम बांस्कोटा, सावित्री भुसाल, जानुका सिम्खडा,खेम लोहनी र चन्द्र रिजाल केपि समुहका हुन भने राजेन्द्र पाण्डे,सुरेन्द्र पाण्डे,गंगालाल तुलाधर,मिनराज कंडेल,डाक्टर रामकुमार अधिकारी र गुरु वुर्लाकोटी नेपाल समुहका हुन ।