प्रवास समाचार

आधुनिक शिक्षामा जोड दिंदै ‘गाउँ-गाउँमा कम्प्युटर शिक्षा अभियान

By Dhadingnews.com

July 12, 2014

 

धादिङ – प्राबिधिक शिक्षा तथा सुचना संचारको युगमा कम्प्युटर शिक्षालाई बिशेष प्राथमिकता दिने काम गर्दै आएको ‘गाउँ मा कम्प्युटर शिक्षा अभियान’ ले बिभीन्न १३ भन्दा बढी स्कूलमा कम्प्युटर र आधुनिक स्तरको शिक्षा सिकाउन, कम्प्युटर, स्मार्ट इन्टर एक्टिभ बोर्ड र प्रोजेक्टेर उपलब्ध गराएको छ ।

२१ औं सताव्दीमा धेरै नेपालीहरु कम्प्युटर शिक्षाबाट बन्चित रहनु परेको सन्धर्भमा ‘गाउँ-गाउँमा कम्प्युटर शिक्षा अभियान’ मा आवद्ध अधिकारीहरुले युग अनुसारको जनशक्ती उत्पादन गर्दै गरीबीको संख्या कम गर्दै नेपाली जनताको जीवनस्तर जिबन्स्तर उकास्दै जाने उध्यस्यले आफुहरुले काम गर्दै आएको बताएका छन् । यसै सन्दर्भमा अभियानमा प्रमुख भूमिका निभाउंदै आउनुभएका भुबन गुरुङ भन्नु हुन्छ -“बिश्व ले निकै फड्को मारी सकेको छ र बिभिन्न मुलुकले आफ्नो देशका नागरिक लाई यस प्राबीधिक युगसँग जनतालाई प्रतिसप्रदा गरी आत्मानिर्भर गराई देसको गरीबि न्युन्नी करण गर्दै देश बिकासको लागि शिक्षित जनशक्तीको उत्पादन गरेका छन भने त्यस्ता देशका नागरिकले बिश्वमा कुनै पनि ठाउँमा राम्रो काम पाएका छन् । तर हाम्रो देशका नागरिकले भने जुन देशमा रोजगारको लागि गएपनि निम्नस्तरकै काम गर्नु पर्ने र कम्पनीको नियम अनुसार प्राप्त हुने सुबर्ण अबसरहरुबाट पनि बन्चित भई रहनु पर्ने भएकोले २१ औं सताब्दीको प्राबिधिक युग अनुसारको जनशक्ती उत्पादन गर्दै गरीबीको संख्या कम गर्दै नेपाली जनताको जिबन्स्तर उकास्दै देश बिकासको लागि युबवा सचेतना गर्ने उदेस्य लिएर हाम्रो संस्था स्थापना भएको हो । हामी अझै यो अभियानमा अन्य संस्था संग सहकार्य गरि काम गर्ने तयारीमा छौं ।”

हाल यो संस्थाले गरेका केहि कार्यहरु:

(१) धादिङ जिल्लाको ज्याम्रुङ गाउँ बिकास समिती अन्तर्गत -श्री शन्खा देबी उच्च माद्यामिक बिद्यालय मा २४ थान कम्प्युटर, १ थान प्रोजेक्टर र १ थान स्मार्ट इन्टर एक्टिव बोर्ड उपलब्ध गराएको, त्यस्तै श्री मन्जुश्री मा.बि सिम्ले ज्याम्रुङमा १३ थान फुल सेट कम्प्युटर, ०६ सिपियु र १ प्रोजेक्टेर, त्यस्तै श्री लामास्थान निमाबि ज्याम्रुङमा ५ थान कम्प्युटर प्रदान गरेको ।

(२) धादिङ जिल्लाको कटुन्जे गाउँ बिकास समिती अन्तर्गत श्री महेन्द्र बाराही उच्च माबि कटुन्जेमा ८ थान कम्प्युटर र १ थान मल्टी सिस्टम प्रिन्टर ।

(३) धादिङ जिल्लाको सल्यानकोट गाउँ बिकास समितीको कार्की गाउँ उच्च माबि कार्की गाउँमा १२ सेट कम्प्युटर र १५ सेट सिसिटिभि क्यामेरा उपलब्ध गराएको ।

त्यस्तै यो संस्थाले धादिङ जिल्लाकै त्रिपुरेश्वर गाउँ बिकास समिती खहरे स्थित श्री अचने उच्च माबि खहरे, ज्याम्रुङ गाउँ बिकास समिती स्थित श्री स्थान पती माबि कुमाइ ज्याम्रुङ र कुमारी देबी माबि भारमाले ज्याम्रुङमा छिट्टै कम्प्युटर हस्तान्त्रण गर्न लागेको जनाएको छ । त्यस्तै आगामी बर्ष २०७१/०७२ मा कम्प्युटर सहयोग उपलब्ध गराउन अभियान तयार गरेको जनाएको छ । यो संस्थाको अभियानलाई बिश्व भरबाट बिभिन्न क्षेत्रका समाजसेवी भुतपुर्ब विद्यार्थी लगायत बिभिन्न पेसागत व्यक्तिहरुले सहयोग गरेको संस्थापक भुवन गुरुङले बताए । उनले भर्खरै जापानबाट धादिङ जिल्ला गुम्दी गाउँ बिकास समितीका श्री कृष्ण सिम्खडाले रु.दुई लाख एक हजार एक सय सहयोगगर्नु भएको र संयुक्त राज्य अमेरिकाबाट फिल्म डाइरेक्टर तथा फिल्म प्रड्युसर एनआरएन युएस्एका शह-सचिब श्री डिल बहादुर श्रेष्ठले एक लाख एकाउन्न हजार एक सय एघार सहयोग उपलब्ध गराउने बाचा गर्नु भएको कुरा जानकारी गराए ।

यस् संस्थामा हाल आवद्ध रहेका १० जना कार्य समितीहरु:

(१) भुवन गुरुङ (अध्यक्ष्)

(२) ईन्जिनियर तथा डाइरेक्टर अफ इको कोड नेपालका श्री कुमार धमला (उपाध्यक्ष)

(३) श्री किरण धमला (सल्लाहाकार)

(४) श्री दिपक ढकाल (सल्लाहाकार)

(५) श्री बद्री पौडेल (कानुनी सल्लाहाकार)

(६) श्री दिपक धरेल (कम्प्युटर बिशेषज्ञा)

(७) श्री नबराज बोहरा – सदस्य

(८) श्री ज्ञानेन्द्र जङ थापा – सदस्य

(९) बिकास गुरुङ् – सदस्य

(१०) शुबास पाठक- सदस्य