बद्रीप्रसाद दाहाल ( तेत्तीसौं बीपी स्मृति— दिवसको सन्दर्भ ) बत्तीस वर्षको उमेरदेखि क्यान्सरको भाइरससित लडाइ‘ खेप्न र आफ्नो कलकलाउ‘दो किसोर वयबाटै एकतन्त्री अधिनायकी ता–नाशाहसित संघर्ष गर्दै उनान्सत्तरीको उमेरमा इहलीला समाप्त गरेका बीपी एक जीवन्त क्रान्तिपुरुष हुन् । राजनीति , साहित्य , कानुन , कलाशास्त्र , अर्थ–शास्त्र र समाजशास्त्रका परिज्ञाता बहुआयामिक व्यक्तित्वका धनी बीपी नव नेपालका कुशल चित्रकार पनि थिए । ०३९ असार २१ गते उनको स्वास्थ्य अवस्था गम्भीर भएछि काठमाडौं स्थित वीर अस्पतालको इन्टेसिभ केयर युनिटमा उपचारार्थ भर्ना गराइयो । प्रतिदिन उनको स्वास्थ्य बिग्र‘दै गएकोले उपचारमा संलग्न डाक्टरहरुको सल्लाहमुताविक थप उपचारको लागि २७ असारमा विमानमार्फत थाइल्याण्डको बैकक हस्पिटलमा पुर्याइयो । उनलाई गलाको पुरानो क्यान्सर र फेरिएको नसाबाट शिरमा आवतजावत गर्ने रगत सञ्चार रोकिएर असीम पीडा उत्पन्न भएको रहेछ । केही दिनको उपचार पछि स्वास्थ्यस्थितिमा अनुकूलता नआएको कारण बीपीकै इच्छाअनुसार ०३९ साउन ६ गते बेहोस अवस्थामै अपरान्ह ५— ४० बजे त्रिभुवन विमान स्थल काठमाडौं उतारियो । लगत्तै एम्बुलेन्समार्फत उनको निवासस्थल चावहिल ल्याउ‘दा अक्सिजनको माध्यबाट श्वास—प्रश्वास चलेको हामीले स्पष्ट देख्दथ्यौं । सोही दिन सात बजेर पन्ध्र मिनेट जॉदा उनको इहलीला समाप्त भएको उनका भाइ गिरिजाप्रसाद कोइरालामार्फत जानाकारी पाइयो ।
०३९ साउन ७ गते बीपीलाई अन्तिम श्रध्दाञ्जली दिन जयवागे—श्वरीमा देशका कुनाकाप्चादेखि सर्बसाधारण , बौध्दिक जमात , विदेशी कूटनीति प्रतिनिधि , देशीविदेशी नेता , विरोधी विचारका अगुवालगायत कार्यकर्ताहरुको विशाल उपस्थिति थियो । शवयात्रामा ‘ वीर बीपी — अमर रहून् , बीपीको सपना — साकार पार्छौ , नेपाल पक्कै व्यू‘झन्छ — जय नेपालको नाराले जस्ता तुमुलध्वनि गुञ्जायमान थिए । खुल्ला ट्रकमा चारतारे झण्डा ओढाएर महा—नायकको शव वरपर गणेशमान , कृष्णप्रसाद भट्टराई , गिरिजालगायतका शीर्षस्थहरु बसेका थिए । संपूर्ण नगरबासीले जनताका नेता कोइरालाको शवमा पूmल माला अर्पण गरेर भावपूर्ण श्रध्दाञ्जली प्रकट गरेको दृष्यले क्रमशः शोक शक्तिमा रुपान्तरण भएको महसूस हुन्थ्यो । हिन्दु धार्मिक संस्कारअनुसार पशुपतिको आर्यघाटमा उनको दाहसंस्कार सुसम्पन्न भयो ।
सामन्तवादले जकडिएको नेपाली समाजलाई आधुनिकतातिर रुपा—न्तरण गर्न बीपीले दुइ— दुइपटक सशस्त्र र कयौंपल्ट निःशस्त्र आन्दोलन वा सत्याग्रहका संघर्षमार्फत क्रान्तिमोर्चा संहालेर आफ्नो परिवर्तनकामी छविको परिचय अब्बलरुपमा दिए । राणाहरुको जहानिया निरंकूश शासन होस् अथवा राजाहरुका एकाधिकारवादी हैकम होस् त्यसविरुध्द परिस्थितिअनुसारको लडाइ‘ गरेर जनअधिकार बहाल गराउन अथक भगीरथ यत्न जारी राखे जनसम—र्थनको अभेद्य बलमा । त्यसैले त उनी शङ्घोष गर्थे र्— हामी हाम्रा जनता–प्रतिको आफ्नो जिम्मेवारीबाट पन्छिनु हु‘दैन । ’ गान्धी दर्शन जो सत्याग्रह—लाई ध्वंशात्मक तोपले भन्दा ठूलो काम गर्नसक्ने सिर्जनात्मक प्रविधि भन्छ त्यसैलाई अनुवरण गर्न बीपीले कम्मर कसे । त्यसैले त उनी सगर्व पोखिन्थे ‘ म आतङ्ककारी होइन क्रान्तिकारी हू‘ । ’ ०३३ सालपछि बीपी पार्टी दायरा भन्दा माथि उठेर दक्षिणपूर्ब एसियामा मडारिएको कालो बादलबाट नेपालको अस्तित्व बचाउ‘न ‘ राष्टिय एकता र मेलमिलाप’ भन्ने नयॉ अभियानसाथ आपूmमाथि लागेका सात सातवटा सङ्गीन मुद्दाको पर्बाह नगरी भारतनिर्वा—सन त्यागी निरंकूस राजासित सहमति र समझदारीको हात बढाउने साहस गर्न पुगे । राष्टिय मेलमिलाप भनेको ०१७ सालमा राजा र जनताको बीचमा एउटा ठूलो पर्खाल खडा गराइयो , त्यही पर्खाल तोडेर राजालाई जनतास–मक्ष ल्याउने प्रयास हो । ’ यसको नीतिलाई स्पष्ट पार्दै बीपी बोले —ः ‘यो नीतिको दुइ अडान छन् पहिलो आधार राष्टियता हो , दोश्रो प्रजातन्त्र र राजासितको संबन्धमा यसको अन्तरविरोधी संबन्ध । यो नीतिले राष्टवादी र प्रजातन्त्रवादीलाई एकै ठाउ‘मा एकत्रित हुने आह्वान गर्छ । यो मूल प्रवाहमा वामपन्थीहरु पनि समाहित हुन सक्छन् तर यसमा दुइ कुरा स्वीकार गर्नै—पर्छ राष्टियता र प्रजातन्त्र । अझ खुलस्त भएर बीपीले भने — पञ्चहरु प्रजातन्त्रवादीसित नतर्स , प्रजातन्त्रवादीहरु पञ्चसित नझस्क । मेलमिलाप न त राजासित आत्मसमर्पण हो न त सङ्घर्ष । यसरी अस्तित्ववादी दर्शनमा निम–ज्जित बीपीले राष्टिय मेलमिलापभित्रको सख्यभावलाई दह्रो ढङ्गले प्रस्तुत गरे । निर्विकल्प व्यवस्थाको रटानमाथि पटाक्षेप गर्दै बीपी यसरी बोले — ‘आदर्श’ निर्विकल्प हुन्छ , साधन निर्विकल्प हु‘दैन । आदर्श हिमालको चुचुरो हो , सं–घर्ष उकालो यात्रा । यात्राको मार्गको छनोट रणनीति अन्तर्गत पर्ने कुरा हो ।
नेपालको भौगोलिक बनावट , यहॉका जनता र शासकका मनोविज्ञा–नको अन्तस्तल बुझेका बीपीको मेलमिलापको नयॉ उपागम तत्कालीन मात्र नभएर सनातनकालीन प्रतीत हु‘दै गइरहेको छ । प्रजातन्त्रवादी , कमिनिष्ट ,पञ्च वा अन्य जो भए पनि राष्टवादी हुनुपर्छ , राष्टियताप्रति सबल भावना भए—का मतलाई एकत्रित गर्नु हाम्रो कर्तव्य हो भन्ने दृष्टिकोणमै राष्टिय मेल— मिलापको पताका फर्फराउन सक्छ यही विश्वास हो बीपीको । परिवर्तन–कामीहरुको अन्तर्मनदेखिको वास्तविक एकता र मिलाप नै उद्देश्य सिध्दिको मूल मार्ग हो भन्ने प्रमाण चालीस तथा साठी दसकका नेपालका संयुक्त आन्दो—लनहरुले पुष्टि गरिसकेका छन् । वर्तमान नेपालको यो सङ्गीन संक्रमणलाई सॉच्चै पार लाउने हो भने दोश्रो संविधानसभामा भाग लिएका सबै राज—नीतिक दलहरु शासकीय प्रणाली र संघीयताका स्वरुपमा एक मत हुनैपर्छ । दोश्रो संविधानसभालाई बहिष्कार गरेर संविधानसभाभन्दा बाहिर रहन पुगेका अन्य दलहरुलाई पनि हदैसम्म लचिलो भएर संविधाननिर्माणमा सरिक गरा–उन यतिखेरका ठूला दलहरुको दायित्व अझ गुरुतम बन्न गएको छ । सर्बदलीय गोलमेचमार्फत संविधान निर्माणमा समझदारी बनाएर संविधानस—भालाई अझ पृष्ठपोषण गर्नु राम्रो कुरा हो । तर गोलमेच नै नयॉ संविधान निर्माणको निर्णायक र अन्तिमबिन्दु ठम्याउनु एकातिर आठ महिनाअघिको प्रखर एवं सशक्त जनादेशमाथिको चरम अपमान हो भने अर्कोतिर वर्तमान संविधानसभाको निकृष्ट उपेक्षा र अलोकतान्त्रिक हर्कत पनि हो । मेलमिला–पको नाउ‘मा लोकतन्त्रका सबल स्तम्भहरु सनक र मूढे बलमा विघटन र संगठन हुन सक्दैनन् । यसैले अझै जातीय र क्षेत्रीय मुद्दालाई आफ्नो अभी—ष्टता पूर्ण गर्न अस्वस्थ रुपमा उचालेर ‘ रगतको खोलो बग्छ ’ भन्ने खोक्रो आडम्वरमा लोकतन्त्रवादीहरु तर्सिन पनि हु‘दैन । सत्ताधारी दलहरु प्रतिगामी र परिवर्तन विरोधी छन् हामी मात्रै परिवर्तनकारी हौं भन्ने अभिमान तोड्नै पर्छ । नेपालको भौगोलिक विसमता , जात , धर्म , भाषा , संस्कृतिका बहुलताभित्र एकता स्थापित गर्न हरेक दलहरु आआफ्ना मुद्दामा केही हारेर सबैको मुद्दालाई विजयी बनाउनु नै मेलमिलापको चुरो तथ्य हो ।
सहमति , सहकार्य र समझदारीको जगमा तयार भएको विगतको बाह्रबु‘दे संझौता , यतिखेरको जनताको परमादेश , संविधानसभाभन्दा बाहिर रहेका दलहरुका सकारात्मक अवधारणा , देशको अखण्डता एवं सार्वभौमसत्ता र भावी पिंढीको समन्वयकारी समाजलाई मध्यनजर गरेर मिलापमा संविधान आ–उन सक्नुपर्छ । यदि सॉच्चै नवनेपाल बनाउने हो भने जननायकबाट प्रतिपा—दित सर्बाधिक व्यवहारपरक उपागम ‘ राष्टिय एकता र मेलमिलाप ’ नेपाली राजनीतिको सञ्जीवनी सूत्र हुनसक्छ । यसैले भन्न सकिन्छ ‘ बीपीको राष्टिय एकता र मेलमिलाप , भावी समयको नव नेपाल ’। समाप्तम्