कला /साहित्य /संस्कृति

धन्य हौ टंकनाथ सर

By धादिङ न्यूज

July 25, 2014

जनार्दन खनाल

आस्था बन्धकी राखेर सौदाबाजी कुनै पनि नगरी जिन्दगी बाँच्यौ, धन्य हौ टंकनाथ तिमि आफन्तले तिमिलाई दिएनन साथ खै किन ? खुम्चीएरै भएपनि कार्य गर्दै सदा दिन ।। सुक्ला सागर वा झुक्ला हिमाल यो दिन स्वाभिमानी र निर्भिक झुक्दैनन यो कुनै क्षण व्यवस्थाको विरोधैले स्थायी जागिर त्यो गयो स्थायी शिक्षक अस्थायी भएरै समयै गयो ।। टंकनाथ तपाई झै अन्य साथीहरु पनि कोप भाजन भा, काथे सत्ताका क्रुरता मुनि निर्भिक चेतनशील आतमीय टंकनाथ सर यीनको वेदना सुन्दा आँसु झर्दछ बर्बर ।। शिक्षक हकको लागि नित्य तिमि लडिरह्यौ संगठनमै लाग्दा झ्यालखानामा सडिरह्यौ उही व्यक्ति हकबाटै धेरै बञ्चित भा, को छ न्याय प्रेमी सबैलाई अचम्मै पनि भा, को छ ।। अरु अस्थायी शिक्षक स्थायी हुन्छन, खुरु खुरु स्थायी शिक्षक अस्थायी हुँदै फर्के लुरु लुरु राष्टको भ्रमजालोमा फसेका टंकनाथ यी स्थायी जीवन गुजारे अस्थायी शिक्षक भई ।। यो संगठनले आज स्वाभिमानी बनायो नि गर्बिलो छाति पारेर गुरु भन्न लगायो नि संस्थापक तिमी पनि यो जेठो संगठनको यसले बुझ्नु पर्ने हो बेदना टंकनाथको ।।

श्री महेन्द्र उच्च मावि छतिवन, मकवानपुर