प्रदेश

त्रिभुवन आर्मीलाई ट्राई म्याराथुनको उपाधी

By धादिङ न्यूज

July 26, 2014

धादिङ,- नेपाली सेनाको आयोजनामा शनिवार धादिङमा पहिलो पटक ट्राई म्याराथुन प्रतियोगिता सम्पन्न भएको छ । दौड, साईक्लिीङ र जलयात्रा समेत गरी तीन चरणको प्रतियोगितामा विजेता हुन सफल भएपछि मात्र उपाधिको दावेदार वन्न पाउने प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लवको समुहले प्रथम स्थान हासिल गर्दै एक लाख रुपैया नगद र अन्य पुरस्कार प्राप्त गरेको छ । एडभेन्चर स्र्पोटको प्रवद्र्धन गर्ने उद्धेश्यका साथ नेपाली सेनाले पहिलो पटक ट्राई म्याराथुन राष्ट्रिय प्रतियोगिता शनिवार धादिङमा सम्पन्न गरेको हो ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लवकै वि समुह दोश्रो स्थानमा र सर्वसाधारणको तर्फवाट सहभागी भएको हिमालय सिङ्गल ट्रयाक तेश्रो हुन सफल भएको छ । प्रतियोगिताका प्रथम हुने समुहलाई नगद १ लाख, दोश्रो हुने समुहलाई ७५ हजार र तेश्रोहुने समुहलाई ५० हजार नगदका साथै प्रसंसा पत्र र शिल्ड दिएर सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी नेपाली सेनाका प्रधानसेनापती गौरव शमसेर जवरा,मध्य पृतनाका पृतनापती राजेन्द्रवहादुर क्षेत्री लगायतले विजयी खेलाडी र टीमलाई सम्मान गर्नु भएको थियो । सामाजिक हितका बिषयमा विभिन्न कार्यक्रम गर्दै आईरहेको नेपाली सेनाले धादिङ जिल्लामा एडभेन्चर स्र्पोटको सम्भावनाको खोजी गरी प्रवद्र्धन गर्ने उद्धेश्यले पहिलो पटक प्रथम सेनापती ट्राई म्याराथुनको आयोजना गरेको नेपाली सेना त्रिभुवन आर्मी क्लवका प्रमुख सेनानी प्रकाशजङग कार्कीले जानकारी दिनु भयो । प्रतियोगिता अन्र्तगत सेनाको ६ नम्बर वाहीनी अड्डा बैरेनीवाट शुरु भई पृथ्वीराजामर्गको मास्टार सम्म ६.८ किलोमिटरको दौड,कल्लेरी गाविसको वडा नम्बर ३ केउरीनीवाट कच्ची सडक हुंदै फुर्केखोला निस्किएर वेनिघाट गाविसको मालिङ्गा सम्म २५ किलोमिटरको साईक्लिीङ र मालिङ्गावाट त्रिशुली नदी हुंदै खतौटी सम्म ११ किलोमिटर ¥याफ्टिङको आयोजना गरिएको थियो । सर्वसाधारणको ७ र नेपाली सेनाको ३ गरी १० वटा समुहको सहभागिता रहेको प्रतियोगितामा प्रत्येक समुहमा ४ जना खेलाडीहरु रहेका थिए । खेलाडीहरुलाई उत्साह थपिदिन नेपाली सेनाका प्रधानसेनापती राणा आंफैले साईक्लिीङमा सहभागिता जनाएका थिए । वाहिनी अड्डा बैरेनीवाट शुरु भएर त्रिशूली नदीको किनारमा रहेको खतौटी खोलामा पुगेर प्रतियोगिता सम्पन्न भएको थियो ।