राष्ट्रिय समाचार

संविधान निर्माणमा एकीकृत माओवादीले अवरोध गरेको उपसभापति पौडेलको भनाइ

By Dhading News

July 27, 2014

नवलपरासी–नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एकिकृत माओवादीले फेरि पनि संविधान निर्माणमा अवरोध गरिरहेको आरोप लगाउनु भएको छ । २०४७ सालको संविधानलाई माओवादीले बन्दुक र बमको बलमा ध्वस्त बनाएको भन्दै नेता पौडेलले अहिले पनि माओवादीले संविधान नचाहेको आरोप लगाउनुभयो । नेपाली कांग्रेस नवलपरासीका जिल्ला सभापति देवेन्द्रराज कण्डेलकी हजुरआमा राधाकुमारी कण्डेलको १३औँ दिनको पुण्यतिथिको अवसरमा उहाँकै निवास भारतको ठुटिवारीमा आईतवार आयोजित श्रद्धान्जली सभामा उपसभापति पौडेलले आरोप लगाउनु भएको हो । लोकतान्त्रिक संविधान निर्माण गरि नेपाली नागरिकलाई समानता, समावेशी र संघिय शासन प्रणाली दिन चाहेपनि माओवादीले अवरोध गरिरहेको उहाँले बताउनुभयो । तर माओवादीले जति अवरोध सिर्जना गरे पनि तोकिएको समयमा संविधान जारी गरेरै छाड्ने उपसभापति पौडेलले ठोकुवा गर्नुभएको छ ।