कृषि/पशुपालन /सहकारी

सदभाव गरीवी निवारण बहुउद्धेश्यिय सहकारी संस्थाको प्रथम साधारण सभा

By Dhading News

August 01, 2014

 

गजुरी–जिल्लाको गजुरी गाविसमा स्थापना भई संचालनमा आएको सदभाव गरीवी निवारण बहुउद्धेश्यिय सहकारी संस्थाको प्रथम साधारण सभा शुक्रवार गजुरीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बिष्णुहरी चेपाङको अध्यक्षतामा भएको साधारण सभाको धादिङ क्षेत्र नम्बर ३ का सभासद एवम नेपाल स्वास्थ्य सहकारी केन्द्रिय संघका अध्यक्ष, पुर्व स्थानीय विकास मन्त्री राजेन्द्र पाण्डेले उदघाटन गर्नुभएको थियो । कार्यक्रममा गरीवी निवारण कोषका कार्यकारी निर्देशक राजवाबु श्रेष्ठ, धादिङका स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङ, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली,जिल्ला सहकारी संघ धादिङका सदस्य माधव भण्डारी,सामुदायिक उत्थान पद्धत्तिका लागि मञ्च ( फोकस नेपाल)का अध्यक्ष हेमराज छत्कुली लगायतको आतिथ्य रहेको थियो । चेपाङ,दलित,अन्य जनजाती तथा व्राम्हण क्षेत्री समेत गरी कुल २ सय १९ जना सदस्य रहेको सहकारीको स्थापना गएको बैशाख ४ गते भएको थियो । गजुरी गाविस कार्यक्षेत्र रहेको सहकारी संस्था स्थापनाका लागि गरीवी निवारण कोषद्धारा संचालित गरीवी निवारण कार्यक्रममा आवद्ध २१ वटा सामुदायिक संस्थाको सदस्यहरुको सहभागिता रहेको छ । कार्यक्रममा संस्थाका सचिव इन्द्रवहादुर सुवेदीले प्रगति विवरण पेश गर्दै ुसंस्थाले ८१ लख ७ हजार ८ सय ६७ रुपैया कोषमा जम्मा गर्नुका साथै ६२ लाख ४६ हजार ६ सय २३ रुपैया सदस्यहरुका बिच ऋण लगानी गरेको वताउनु भएको थियो । सहकारीको माध्यमवाट सदस्यहरुलाई परम्परागत कृषि प्रणालीवाट वजारमुखी कृषि प्रणालीमा रुपान्तरण गरी आयआर्जन बृद्धि गर्ने उद्धेश्य रहेको पनि सचिव सुवेदीले कार्यक्रममा जानकारी गराउनु भएको छ ।