राष्ट्रिय समाचार

ट्रेड युनियनहरु कमजोर भए प्रजातन्त्र कमजोर

By Dhading News

August 02, 2014

पोखरा, – नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिको शुक्रबार पोखरामा सुरु भएको केन्द्रीय समितिको बैठकमा ट्रेड युनियनहरु कमजोर भयो भने प्रजातन्त्र कमजोर हुने बताएका छन् । राष्ट्रिय समितिका अध्यक्ष खिलनाथ दाहालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा फ्रेड्रिक इबर्ट स्टिफ्टङ (एफ.ई.एस.) नेपालका प्रतिनिधि चन्द्रदेव भट्टले धेरै नेता भयो भने नीति नहुने बताउँदै प्रजातन्त्र वा लोकतन्त्रलाई बलियो बनाउन ट्रेड युनियनहरु राष्ट्रमा बलियो हुनु पर्नेमा जोड दिएका थिए । जीवन र जगतकालागि शिक्षा महत्वपूर्ण रहेकाले त्यस तर्फ ध्यान दिनु पर्नेमा जोड दिएका थिए । उनले राजनेता बीपी कोइरालाको तस्वीरमा माल्यार्पण गर्दै उनको विचार सार्थक रहेकोले ब्यवस्थापन पक्षमा सक्षम हुन आग्रह गर्दै सम्बृद्ध नेपाल निर्माणमा मजदुरहरुको ठूलो भूमिका रहेको र सधै रहनेमा जोड दिएका थिए । उद्घाटन सत्रमा युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष राम्जी कुँबरले काँग्रेसको सिङगो नीति टे«ड युनियन काँग्रेसले बोकेको स्मरण गर्दै सकारात्मक सन्देश प्राप्तीको लागि सवै एक भएर अगाडि बढ्न अनुरोध गरेका थिए । देश भरबाट सहभागी झण्डै ८० जना ट्रेड युनियन काँग्रेसका राष्ट्रिय नेताहरुलाई बसोवास तथा ब्यवस्थापनमा नेपाल ट्रेड युनियन काँग्रेस पश्चिमाञ्चल क्षेत्रीय समितिले ब्यवस्था गरेको बताउँदै अध्यक्ष मुरारी शर्माले संगठन बलियो बनाउने काम गर्न पदाधिकारीहरुले उल्लेख्यरुपमा मजदुरका काम गर्नु पर्नेमा जोड दिएका थिए । पदेन केन्द्रीय सदस्य समेत रहेका शर्माले कार्यसम्पादन समितिले गरेको निर्णयलाई बैठकमा अनुमोदन गर्नुपर्नेमा जोड दिएका थिए । उद्घाटन सत्रको स्वागत मन्तब्य नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष कुलदेवी बरालले दिएकी थिइन भने अध्यक्ष दाहालले जहाँ मजदुर त्यहाँ ट्रेड युनियन काँग्रेसको नीतिलाई पूर्णता दिन आफू लागि पर्नेमा जोड दिएका थिए । श्रमिकका मुद्धालाई संविधानमा समावेश गराउन ट्रेड युनियन काँग्रेस हरतरहले लाग्ने बताएका थिए । नेपाल ट्रेड युनियन काँग्रेसको बैठक चितवन महाधिवेशन पश्चात तेस्रो भए पनि आन्तरिक विवादका कारणले महत्वपूर्ण निर्णयहरु गर्न नसकिरहेको बताईएको छ ।