हाम्रो पालिका

अपराधीलाई सजाय गोली ठोक्ने हो ?

By Dhading News

August 07, 2014

बिष्णु सामरी

गुण्डागर्दिको आरोप लागेका एमाले धादिङ क्षेत्र नं १ का पूर्व उपाध्यक्ष दिनेश अधिकारी माथि प्रहरीले इन्काउण्टरमा मारिएको दाबी गरेको छ गुण्डा अपराधी हत्या आरोप लागेका ब्यक्तीहरुलाई प्रहरीले लखेटेर गोली हानी मार्ने हो कि कानुनी कठघरामा उभ्याउने ? यस्तै अर्को हास्यस्पद कुरा जवाफी फायर गर्दा अगाडि लखेट्दै गर्दा कुदिरहेको मान्छेलाई पछाडिबाट गोली हान्दा अगाडी छातीमा कसरी गोलि लाग्यो? यस्ता याबत प्रश्न दिनेश अधिकारीको मृत्‍यु प्रकरण सँग जोडीएका छन। निर्धक्कसाथ बाँच्न पाउनु मानिसको नैसर्गिक अधिकार हो यदी उसले आफ्नो बाँच्न पाउने अधिकार प्रयोग गर्दा अरुलाई दु:ख दिन्छ दु:ख दिने प्रयास गर्छ भने त्यो समाजको नजरमा अथवा कानुनको नजरमा अपराध हो । यदी उसले अपराध गरेको छ भने कानुनी प्रकृया द्वारा सजाय पाउनुपर्छ । सजाय पाउने ब्यबस्था हुँदा हुँदै कसैलाई मार्नु त्यो पनि अपराध हो देश समाज र जनतालाई कानुनको पाठ सिकाउने प्रहरी हरु नै यस्तो खालको काममा संलग्न भए भने जनताले प्रहरी संगठन बाट सुरक्षाको अनुभुती कसरी गर्न सक्छन ? प्रहरिको काम अपराधी गुण्डा हत्यारा जो सुकै होस् तिनिहरुलाई कानुनी कठघरामा उभ्याइ कानुनी दाँयारामा ल्याउनु हो इन्काउण्टर गर्दै हत्या गर्नु होइन। दिनेश अधिकारी (चरी)को मृत्‍यु प्रकरणमा त्यस्तै भएको छ उनी बिगत केही समयदेखी गुण्डागर्दिमा संलग्न भएको प्रहरिको आरोप छ त्यस्ता आरोपित् ब्यक्तिलाई समातेर कानुनी दाँयारामा ल्याउनुपर्नेमा प्रहरिले इन्काउण्टरमा मारिएको दाबी गरेको छ तर घट्नाको प्रक्रिती हेर्दा त्यस्तो देखिदैन यसप्रती मानब अधिकार संघ संगठन हरुको ध्यान जान जरुरी छ हत्यारा लुटेरा गुण्डा जोसुकैले पनि अपराध हेरी सजाय पाउने हाम्रोदेशको कानुनमा ब्यबस्था छ। कसैलाई लखेट्दै गएर गोली हानी मार्ने ब्यबस्था छ जस्तो लाग्दैन । दिनेश अधिकारि माथि लागेको आरोप माथि छन्बिन गरी कारबाही गर्नुपर्नेमा हत्या भएको छ यदी अपराधी नै थिए त छनबिन गरी अदालतमा पेश गर्न सकिन्थ्यो मुद्दा हालिसकेपछी अदालतले अपराध हेरी सजाय तोकिदिन सक्थ्यो त्यही अनुसार अपराधीहरुले सजाय भुक्तान गर्ने थिए यहाँ अपराध र अपराधीहरुको समर्थन भन्दा पनि अपराधिमाथि कारबाही गर्ने शैली बेठिक भएको छ समजमा रहेका अपराधी हरु सबैलाई कारबाही गर्नु पर्दछ कानुनको कठघरामा हाजिर गराउनुपर्दछ तर कारबाहिको नाममा ब्यक्ती हत्या गर्न पाइदैन ! त्यस्ता हत्या गर्ने पुलिस या अरु जोसुकै हुन तिनिहरुलाई पनि कारबाही हुनुपर्दछ।