मुख्य समाचार

दिनेश हत्याको विरोधमा धादिङबेसी वन्द

By धादिङ न्यूज

August 08, 2014

धादिङ,२३ साउन – नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का पुर्व उपाध्यक्ष दिनेश अधिकारीको हत्याको विरोधमा सदरमुकाम धादिङबेसी र यातायात अनिश्चितकालिन वन्दको आव्हान गरिएको छ । नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ को आव्हानमा आज ( शुक्रवार) विहानै देखि सदरमुकामको वजार क्षेत्र र यहावाट छुट्ने र सदरमुकाम भिने सवारी साधन वन्द गरिएको हो । एमालेका नेता कार्यकर्ताहरु विहानै देखि सदरमुकामको वजार क्षेत्रमा उपस्थित भएर प्रदर्शन गर्दै वजार र यातायात वन्द गराएका हुन । विभिन्न अपराधमा संलग्न भएको आरोप लगाउंदै प्रहरीले

अधिकारीलाई नियन्त्रणमा लिई गैर न्यायिक ढंगवाट हत्या गरेकाले हत्यामा संलग्न व्यक्तिहरुको पहिचान गरी दोषि माथि कारवाहीका लागि वन्द गरेर विरोधमा उत्रनु परेको नेकपा एमालेका जिल्ला सदस्य अर्जुन गोर्खालीले वताएका छन । वन्दको कारण सदरमुकाम धादिङबेसीवाट छुट्ने सवारी साधनहरु ठप्प भएका छन । धादिङबेसीवाट जिल्लाका ग्रामीण भेगका साथै काठमाण्डौं,पोखरा,नारायाणगढ लगायतका शहर सम्म दैनिक वसहरु छुट्ने गर्दछन । सदरमुकाम क्षेत्रका वजार र यातायात वन्द भएपनि राजमार्ग क्षेत्रमा भने सवारी साधन संचालन भईरहेका छन । प्रहरीद्धारा हत्या गरिएका दिनेश अधिकारीको पक्षमा एमाले कार्यकर्ताहरु वजार वन्दमा उत्रिएपछि सदरमुकाम क्षेत्रमा प्रहरी उपस्थिती वाक्लो वनाईएको छ ।