हाम्रो पालिका

“छुचुन्द्रलाई चमेलीको तेल लगाएर गन्ध आउन छोड्दैन ।”–गुरुङ

By Dhading News

August 10, 2014

 विश्व आदिवासी दिवसमा  अन्तक्र्रिया

संगिता आले मगर÷धादिङबेसी २०औँ विश्व आदिवासी दिवसको अवसर पारेर नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद, धादिङको आयोजनामा आदिवासी जनजातिको अडान, पहिचान सहित संघिय संविधान “नयाँ संविधानमा संघीय राज्यको अवधारणा र आदिवासी जनजातिको उपस्थिती र भूमिका” विषयक वृहत अन्तक्र्रिया कार्यक्रम धादिङवेसीमा सम्पन्न भएको छ । कर्यक्रम नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद, धादिङका अध्यक्ष हरि शंकर गिदेल मगरको सभापतित्व एवम् तमु ह्युला छोजः धीका केन्द्रिय अध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा सञ्चालन भएको हो । प्रमुख अतिथि गुरुङले संयुक्त राष्ट्र संघले सन् १९९३लाई विश्व आदिवासी वर्ष भनेर मनाएपनि विश्वका सबै देशका आदिवासीहरुलाई थाहा नपाएकाले सन् १९९४ देखि सन् २००४ सम्मलाई विश्व आदिवासी दशकका रुपमा मनाएको कुरालाई पनि प्रस्तुत गर्नुभयो । त्यस्तै “छुचुन्द्रलाई चमेलीको तेल लगाएर गन्ध आउन छोड्दैन ।” भन्नुहुदै अरुले जे जे भनेर पछि पार्न खोजे पनि हामी आदिवासी जनजातीहरु सामुदायिक राजनिति गर्न छाड्नुहुँदैन भन्नेमा जोड दिनुभयो । नेपाली काङ्ग्रेसका सचिव भक्त लामाले विभिन्न राजनितिक पार्टी भन्दा पहिले हामी तामाङ, गुरुङ, मगर, नेवार आदि भएर जन्मिएकोले हामीले कुनै पनि राजनितिक पार्टीलाई भन्दा पहिले आफ्नो जातीलाई माया गर्नुपर्ने, आफ्नो जातीय मुद्धालाई अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो । त्यस्तै नेकपा एमालेका प्रतिनिधि गंगा श्रेष्ठले हामी आदिवासीहरुले आफ्नो जातीय मुद्धालाई उठान गर्न, अगाडी बढाउन राजनितिक पार्टीमा नलागे सम्भव नहुने कुरा व्यक्त गनुभयो । जातीय पहिचान झल्कने सांस्कृतिक कार्यक्रम सहितको अन्तक्र्रिया कार्यक्रममा विभिन्न राजनितिक पार्टी, संघ संस्था, जातीय संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि साथै विभिन्न मिडियाका प्रमुख एवम् प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।