हाम्रो पालिका

उपभोक्ता हित संरक्षण मञ्च धादिङमा नयां नेत्तृत्व

By Dhading News

August 13, 2014

धादिङ– उपभोक्ता हित संरक्षण मञ्च नेपाल धादिङ जिल्ला समितिको अध्यक्षमा बेदवहादुर खांड चयन हुनु भएको छ । आईतवार धादिङबेसीमा सम्पन्न भएको मञ्चको दोश्रो अधिबेशनले खांडको नेत्तृत्वमा सात सदस्यिय कार्य समितिको चयन गरेको हो । अधिबेशनबाट चयन भएको नयां कार्य समितिको उपाध्यक्षमा रामप्रसाद लोहनी,सचिवमा रामकृष्ण अधिकारी,सह सचिवमा इन्दिरा अर्याल,कोषाध्यक्षमा शिवराज सापकोटा,सदस्यहरुमा गोविन्दराज श्रेष्ठ र दयाराम लम्साल रहनु भएको वताईएको छ ।