हाम्रो पालिका

नेपाल सुनचांदी कला व्यवसायी संघ धादिङको अधिबेशन चल्दै

By Dhading News

August 13, 2014

धादिङ-नेपाल सुनचांदी कला व्यवसायी संघ धादिङको सातौं बार्षिक साधारण सभा तथा तेश्रो जिल्ला अधिबेशन धादिङबेसीमा शुरु भएको छ । धादिङ क्षेत्र नम्बर २ का सभासद गुरुप्रसाद वुर्लाकोटीको प्रमुख आतिथ्यमा शुरु भएको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष सीताराम वराईलीले गर्नु भएको छ । उदघाटन सत्रलाई संघका प्रमुख अतिथी बुर्लाकोटी बिशेष अतिथी प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल,संघका केन्द्रिय अध्यक्ष रुद्रवहादुर वराईली,एकीकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष रामवहादुर भण्डारी,नेपाली कांग्रेसका सचिव भक्त लामा, नेकपा एमालेका कृष्ण अर्याल,राष्ट्रिय प्रजातन्त्र पार्टीका नन्दप्रसाद काप्रीका साथै केन्द्रिय सदस्य होम सेन्चुरी,राजेन्द्र विक लगायतले सम्वोधन गर्नु भएको थियो । उदघाटन सत्र सम्पन्न भएपछि शुरु हुने वन्द सत्रले नयां कार्य समितिको चयन गर्ने बताईएको छ । धादिङ जिल्लामा व्यवसायिक रुपमा सुन चांदीको काम गर्नेको संख्या १ सय भन्दा बढी रहेपनि संघमा ५० जना मात्र आवद्ध रहेका छन ।