हाम्रो पालिका

सानिमा वैंक स्थापनाको दशौं बर्षको अवसमा निःशुल्क आंखा शिविर

By Dhading News

August 17, 2014

सांघुटार –सानिमा बैक स्थापनको दशौं बार्षिकोत्सवको अवसर पारेर सानिमा बैक लिमिटेड धादिङ शाखाले आईतबार आंखा शिविर सम्पन्न गरेको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर नीलकण्ठ नगरपालिका वडा नम्बर ८ सांघुटार कृष्ण मन्दिरमा  आयोजित मेलामा शिविरको आयोजना गरी आंखाका विरामीहरुलाई सेवा प्रदान गरिएको हो । सांघुटार समाज सुधार समिति र सानिमा बैकको सहकार्यमा सम्पन्न भएको आंखा शिविरमा ४ सय २७ जनाको आंखा परिक्षण गरिएको थियो । शिविरमा तिलगंगा आंखा प्रतिष्ठान र धादिङ सामुदायिक आंखा केन्द्रले प्राविधिक सहयोग गरेको थियो भने धादिङ सामुदायिक आंखा केन्द्रका इन्चार्ज रामसिहं तामाङको नेत्तृत्वमा रहेको चिकित्सकहरुको टोलीले विरामीको आंखा परिक्षण गरेका थिए । आंखा परिक्षण गरिएका मध्ये ७ जनामा मोतियाविन्दुको समस्या देखिएकाले थप उपचारका लागि केन्द्रले सहयोग गर्ने भएको छ । शिविरमा आंखा परिक्षण गरिएका विरामीहरुलाई औषधि निःशुल्क वितरण गरिएको सानिमा बैकका शाखा प्रमुख विष्णुलाल श्रेष्ठले जानकारी दिनु भयो ।