हाम्रो पालिका

त्रिशूलीमा ट्रक खस्दा एकको मृत्यु ८ घाईते

By Dhading News

August 21, 2014

धादिङ,- धादिङको मलेखु नजिकै पर्ने पृथ्वीराजमार्गवाट बुधवार राती मालवाहक ट्रक त्रिशूली नदीमा खस्दा एक जनाको ज्यान गएको छ । ८ जना घाईते भएका छन । काठमाण्डौंवाट रंग वोकेर विरगन्ज तर्फ जांदै गरेको ना१ ख ८१८२ नम्बरको ट्रक बुधवार राती सांढे १० वजे एक्कासी अनियन्त्रित सडकवाट असी फिट तल त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनामा परी ट्रकमा सवार ९ जना मध्ये एक जनाको घटनास्थलमानै ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । पृथ्वीराजमार्गमा पर्ने धादिङको बेनिघाट गाविस वडा नम्बर १ मलेखु नजिकै भएको सो दुर्घटनामा परि घाईते भएका आठ जनालाई तत्काल उद्धार गरी उपचारका लागि काठमाण्डौंको मेघा अस्पतालमा पुर्याईएको र सबै जनाको अहिले उपचार जारी रहेको वताईएको छ ।